फागुन ३, अर्घाखाँची
जिल्ला विकास समिति अर्घाखाँचीले जिल्ला परिषदको सन्दर्भमा प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार यो वर्ष उत्कृष्टताको आधारमा भन्दा पनि चार राजनीतिक पार्टीका निकट पत्रकारहरुलाई वितरण गरेको छ ।
जिल्लाका विकास निर्माण तथा समग्र विषयमा अर्घाखाँची जिल्लामा उत्कृष्ट योगदान गरेको भन्दै क्रान्तिकारी पत्रकार संघबाट दुइ जना, प्रेस युनियनबाट दुई जना, प्रेस चौतारी नेपालबाट दुई जना र प्रगतिशिल पत्रकार संघबाट एक जना गरि सात जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा माओवादी निकट क्रान्तिकारी पत्रकार संघबाट अध्यक्ष अशोक खनाल र सचिव गणेश खनाल, नेपाली काँग्रेस निकट प्रेस युनियनबाट अध्यक्ष सुर्य प्रसाद भुसाल र वीरेन्द्र के.सी., एमाले निकट प्रेस चौतारी नेपालबाट पूर्व अध्यक्ष हिम बहादुर जि.सी(लेकाली) र पूर्व सचिव सहयोगी वि.सी., र राष्ट्रिय जनमोर्चा निकटको प्रगतिशिल पत्रकार संघबाट अध्यक्ष इन्द्रमणी भुसाल रहेका छन् ।
पुरस्कारमा समेत राजनीतिक भागवन्डा गरिएको भन्दै जिल्लामा विभिन्न कोणबाट आलोचनाहरु आउका छन् ।

.jpg)