मगर संघ युएई द्धारा बनभोज कार्यक्रम सम्पन्न

युएई डेस्क, दुबई ! गगनचुम्बी भवनहरुको आँगन, दुबईको प्रमुख स्थान सेख जाइद रोडको छेवमा अवस्थित प्राकृतिक सम्पदाले सम्पन्न भएको हरियाली नेपाली भूमिको झल्को दिने खालको हरियो मैदान, नेपाली मौलिक भेषभुषाले सजिएका दाजुभाई तथा दिदिबहिनीहरु, अप्रिल २० तारिखको घमाइलो वातावरण — जाविल पार्क । यस्तो लाग्दै थियो यो दृष्य कुनै प्रदेशी खाडि देशको नभई नेपालको कुनै ठाउँको हो । अप्रिलको महिनामा ४० डिग्रिको हाराहारिमा पुगिसक्ने युएईको तापक्रम पनि यसपाली भने अहिलेसम्म सामान्य नै रहेको छ । 

मगर संघ युएईद्धारा आयोजना गरिएको बनभोज कार्यक्रम थियो यो । सार्वजनिक बिदाको दिन शुक्रबार पारेर आयोजना गरिएकोले प्रवासमा कामकोबावजुद पनि समय मिलाएर युएईका प्राय सबै स्थानहरुबाट उल्लेखनिय रुपमा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थित रहेको थियो । नेपाली स्वादका बिभिन्न किसिमका खानाका परिकारहरु सेलरोटी, आलुको अचार, खसीको मासु, चिउरा, भुजाले सबैमा खुसी छाएको थियो । मादलको तालमा, लोक भाकाका गितमा र साडिमा सजिएका दिदिबहिनीहरुको नृत्यले गाउँघरको झल्को दिइरहेको थियो । रातो साडिमा सजिएकि सिता केसि नाचिरहँदा पार्कमा रहेका अन्य विदेशिहरु तथा अरबिको पनि मन थामिएन उनलाई नहेरी । 

उक्त बनभोज कार्यक्रमका संयोजक तथा मगर संघ युएईका संगठन विभाग प्रमुख चन्द्र सारु मगरले नयाँ बर्ष २०६९ को शुभकामना सहित उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास युएईका महामहिज राजदुत श्री धनन्जय झा रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्षता श्री नुन प्रसाद सोमईले गर्नुभएको थियो । ललितमान रानाको संचालन रहेका् कार्यक्रममा नेपाली जन सम्पर्क समितिका सभापति चित्र बहादुर केसि, प्रवासी संघ युएईका अध्यक्ष यमलाल पंगेनी, अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खडका, जनजाती महासंघका अध्यक्ष गिरमान थापा लगाएर अन्य विभिन्न संघ—संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । 

सो अवसरमा फरवरी २४ तारिखका दिन मगर दिवसको उपलक्ष्यमा आबुधावीमा सम्पन्न मगरसंघको सास्कृतिक कार्यक्रमका कलाकारहरुलाई महामहिम राजदुतद्धारा प्रशंसा पत्र वितरण गरिएको थियो । विगतका अन्य बनभोज कार्यक्रम भन्दा यसपालीको कार्यक्रम भव्य र सफल बनाउन कार्यक्रम संयोजन श्री चन्द्र सारु मगरले उल्लेखनिय योगदान गर्नुभएको थियो । उहाँको सक्रियतामा नै आबुधावीबाट मात्र दुई बस भन्दा बढि सहभागी साथिहरुको उपस्थित रहेको थियो ।

Tags: , ,