राजेन्द्रप्रसाद चिमौरिया
लगातारको बन्दले सिंगो मुलुक र जनता आक्रान्त बनेका छन् । आफ्ना जायज, नाजायज मागहरु पूरा गराउन सबैले बन्दको अस्त्र प्रयोग गरिरहेका छन् । लगातार बन्द गरेर जनतालाई सास्ती दिने प्रचलनको शुरुवात भएको छ । अहिलेको जटिल स्थितिबाट मुलुकलाई पार लगाउन दलहरु निकम्मा सावित भएका छन् । लामो समयदेखि जारी बन्दले जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । अर्बौंको घाटा भइरहेको छ, मुलुकको अर्थतन्त्र धराशायी हुँदैछ, जनताको हिँड्डुल गर्नपाउने अधिकार खोसिएको छ । यसप्रति बन्दका आयोजकहरु गम्भीर हुन जरुरी छ । त्यसैले विरोधको यो शैली तत्काल अन्त्य गर्न जरुरी छ । जनसमर्थन हासिल गर्ने खालको कार्यक्रम नगरेर जनतालाई दुःख दिने बाटो खोज्नु उचित होइन ।
अहिले आन्दोलन र विरोधका नाममा भइरहेका सबै किसिमका क्रियाकलापहरुलाई सरकार र राजनीतिक दलहरुले यथेष्टरुपमा सम्बोधन गर्नसकिरहेका छैनन् । अहिले कम्तिमा प्रमुख राजनीतिक दलहरुले दाउपेचको राजनीति त्याग्न जरुरी छ । उनीहरुकै अकर्मण्यताका कारण संविधान बन्न सकिरहेको छैन र प्रतिगमनलाई निम्त्याउने क्रियाकलाप बढिरहको छ ।
सबैभन्दा उत्तम जेठ १४ मा पूर्णसंविधान जारी गर्नु नै हो । दलहरुले योभन्दा दाया“बाया“ गर्नहुन्न ।
सयौं वर्षदेखि उत्पीडनमा परेका वर्ग जाति, क्षेत्र, लिंगको अधिकार सुनिश्चित गर्न राज्यपुनर्सरचना चाहिएको हो र राज्यपुनर्संरचना गर्न नया“ संविधान चाहिएको हो । त्यसकै लागि एक दशक लामो सशस्त्र जनयुद्ध भयो, १९ दिने जनआन्दोलन भयो । त्यसैबाट संविधानसभाको निर्वाचन भएर संविधान निर्माणको प्रक्रिया अगाडि बढेको हो । त्यसैले जुन वर्ग र समुदायले नया“ संविधानमार्फत् आफ्नो अधिकार स्थापित गर्न चाहेको हो, त्यसलाई सुनिश्चित गर्न नसक्ने अपूर्ण संविधान जारी गर्नुको अर्थ हु“दैन । संविधानसभाको म्याद थपिने भयो वा अपूर्ण संविधान जारी भयो भने जनताको भावनामा र मनोविज्ञानलाई भत्काउने खतरा बढनसक्छ । त्यसैले भविष्यमा आउने सबै खतरालाई नामेट पार्न जेठ १४ मै पूर्ण संविधान जारी गर्नुको विकल्प देखिदैन ।

.jpg)