कांग्रेस-एमालेका कारण संविधानसभा विघटनः १८ दल



१६ जेठ, काठमाडौं 
एकीकृत नेकपा माओवादीसहितका १९ दलले कांग्रेस र एमालेका कारण संविधानसभा विघटन भएको ठहर गरेका छन् ।
माओवादीको आहृवानमा मंगलबार बसेको सत्तारुढसहितका १९ दलको बैठकले राजनीतिक सहमति पनि नगर्ने र संविधानसभाभित्र मतदानको प्रक्रिया पनि अघि बढाउन नदिने यथास्थितिबादी शक्तिहरुका कारण संविधानसभा विघटन भएको निकर्ष निकालेको छ । बैठकपछि जारी विज्ञप्तीमा कांग्रेस र एमालेको नाम नलिई भनिएको छ-’नेपाली राजनीतिमा हावी हरको घोर परम्परावादी र यथास्थितिबादी शक्तिले पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने जनताको चहना पुरा हुन दिएनन् ।’
संविधानसभा विघटन भएको अवस्थामा नयाँ निर्वाचनको घोषणा सरकारको बाध्यता भएको भएको भन्दै १८ दलले त्यसको स्वागत गरेका छन् । विज्ञप्तीमा भनिएको छ-’यो निर्णय संवैधानिक, लोकतान्त्रिक र सर्वोच्च अदालतले गरेको फैसला अनुरुप छ र हामी यसको स्वागत गदछौं ।’ १९ दलले अब हुने निर्वाचन देशलाई अन्यौल र अराजकताको दिशामा जान नदिन र गणतन्त्र, संघीयता र समावेशीता जस्ता युगान्तकारी उपलब्धीको रक्षा गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
बैठकले आग्रह पूर्वाग्रह छाडेर सहमतिका साथ अघि बढ्न सबै दललाई आग्रह गरेको परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो ।
Tags: ,