विजय दमासे
अर्घाखाँची असोज १०
नेकपा–माओवादी अर्घाखाँचीले आफ्नो राष्ट्यि कार्यक्रम अन्तरगत आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
राष्ट्यिता, जनतन्त्र र जनजिविका सम्वन्धि ७० बुँदे केन्द्रिय मागका साथमा १२ बुँदे जिल्ला स्तरका मागहरु माओबादी अर्घाखाँचीका जिल्ला ईन्चार्ज भेषराज भुषालले अर्घाखाँचीका साहयक प्रमुख जिल्ला अधिकारी भेषराज खनाल मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र पठाएका हुन् ।
ज्ञापन पत्रमा पार्टिको केन्द्रीय समितिले प्रधानमन्त्रीलाई बुझाएका ७० बुंदे मागहरु सहित जिल्ला स्तरका १२ बुँदे मागहरु सहित ज्ञापनपत्र बुझाएको हो ।
जिल्लास्तरका बाह्र बुँदे माग अन्तरगत बिशेष गरि, राष्ट्यि स्तरका चाडपर्व नजिकिएकाले बजारमा हुने कालावजारी, कृतिम अभाव,मिसावटी रोक्न सरकारको ध्यानाकर्षण गराईएको छ । त्यस्तै जथाभावी रुपमा मदिरा उत्पादन, बिक्रि वितरणमा रोक लागाईनुपर्ने, जिल्लाको सदरमुकाम सन्धिखर्कबाट गाउँगाउँमा पुग्ने सडकहरुको अवस्था दिनप्रतिदिन नाजुक भएको भन्दै व्यवस्थित रुपमा सुचारु गरिनुपर्ने, सवारी साधन चेकजाँचमा कडाई गरिनुपर्ने,विद्युत महसुल बुझाउन गाँउका जनतले सदरमुकाम धाउनुपर्दा शास्ति बेहोनुपरेकोले ईलाका ईलाकामा महसुल केन्द्रको व्यवस्था हुनुपर्ने, कृषकहरुले हिउँदे बाली लगाउने समय आएकोले रासायनीक मलखातको व्यवस्था मिलाईनुपर्ने,कक्षा ८ सम्म सरकारले निशुल्क पढाउने निर्णय विपरित सामुदायीक बिद्यालयहरुले विभिन्न बाहानामा बिद्यार्थीबाट रकम असुलेको देखिएकोले त्यसलाई तत्कालै नियन्त्रण गरिनुपर्ने, नरपानी चुनढुंगा उत्खनन कार्यलाई लिएर स्थानियले उठाएका न्यायोचित मागहरु तत्कालै सम्बोधन हुनुपर्ने, राष्ट्पति चुरे संरक्षण कार्यक्रमलाई बिशेष महत्व दिदैँ वन विनासलाई तत्कालै रोक्न सरकारी कदम चालिनु पर्ने, चुरे क्षेत्रबाट ढुंगा गिट्,िबालुबा निकासी गर्ने काम भएकोले त्यस्ता कार्य नियन्त्रण गरिनुपर्ने, अधिकांश गाविस संचिव सदरमुकाम केन्द्रिंत हुंदा जनताले सास्ती भोग्नुपरेकोले सम्पूर्ण गाविस संचिवहरुलाई आआफ्नो कार्यक्षेत्रमा पाठाईनु पर्ने, यस्तै ज्ञापन पत्रमा सालझण्डि ढोरपाटन सडक निर्माणबाट पूरै जग्गा गुमाएकालाई उचित क्षतिपूर्ति मिलाईनु पर्ने, जिल्लामा संञ्चालित विकास निर्माणमा अत्यान्तै अनियमितता आएको जनगुनासो आएकाले त्यसको नगरिक लेखापढिको आवश्यक प्रक्रिया अगाडि बढाईनु पर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको माओवादी अर्घाखाँचीले जानकारी दिएको छ् ।

ज्ञापन पत्र बुझाँउदै माओवादी जिल्ला इन्चार्ज भुषालले माग सम्बोधन गर्न राज्य उदासिन बने क्रान्तिकारी शक्ति हातमा दही जमाएर नबस्ने चेतावनी दिएका थिए । ज्ञापनपत्रमा मागहरु जाहेज रहेको भन्दै साहयक प्रमुख जिल्ला अधिकारी खनालले आफुहरुले माग सम्बोधन गर्न भुमिका खेल्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
.jpg)