्हरिप्रसाद नेपाली
पुष ७, अर्घाखाँची/राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी.ले कुनैपनि हालतमा चुनढुङ्गा उत्खनन गर्न दिनु नहुने बताएका छन् ।
राष्ट्रिय जनमोर्चा मातहतको नरपानी–खाँचिकोट चुनढुंगा उत्खनन रोक्का संघर्ष समितिले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममा मन्तव्य राख्दै नेता के.सी.ले आफ्नो पार्टीले संस्थागत रुपमै उत्खनन बन्द गराउने निर्णय गरेको बताए । उनले चुनढुंगा ृउत्खनन नरपानी खाँचिकोटको मात्र नभई सम्पूर्ण जिल्लाकै निम्ती घातक भएको भन्दै उत्खनन रोकिनुपर्ने जनताको न्यायोचित मागमा आफ्नो पार्टीको सर्वदा सहयोग र समर्थन रहने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी अर्घाखाँचीका इन्चार्ज भेषराज भुसालले विगतमा जस्तो २÷४ जना शिर्ष नेतृत्वको व्यक्तिगत स्वार्थका कारण आन्दोलन तुहिएको भन्दै यो पटकको आन्दोलनलाई सार्थक बनाइने दावी गरे । उनले आफुहरुलाई पनि विरामी भएको अवस्थामा पैसाको मुठो बोकेर कम्पनीका मालिक “लौन उत्खनन शुरु गरिदिनुपर्यो भनेर आग्रह गरेको” भन्दै आफुहरु उत्खननको पक्षमा रहेको बताए । “हाम्रो पार्टीको कोही कार्यकर्ताले उत्खनन गर्नुपर्ने पक्षमा बोल्छ भने सदस्यता समेत नरहने गरी कारवाही गर्ने” भन्दै उनले सम्पूर्ण पार्टीको संस्थागत निर्णय अनिवार्य रहने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका जिल्ला सचिव बासुदेव आचार्यले आफ्नो पार्टीले संस्थागत रुपमा उत्खनन गर्ने निर्णय नगरेको भन्दै आफ्नो तर्फबाट आन्दोलनमा पूर्ण समर्थन रहेको बताए । उनले जनताको न्यायोचित आन्दोलनलाई दान नगर्न प्रशासनलाई आग्रह समेत गरे ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी.ले संघर्ष समितिको तर्फबाट अवधारणापत्र पंस्तुत गरेका थिए ।
कार्यक्रममा प्राध्यापक जगन्नाथ भुसाल, नागरिक समाजका के.एल. शर्मा लगायतले उत्खनन जिल्लाको निम्ती घातक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रम नरपानी खाँचिकोट चुनढुङ्गा उत्खनन रोक्का संघर्ष समितिका अध्यक्ष शेरवहादुर वि.सी. र सदस्य पशुपति ढकालको सञ्चालनमा सम्पन्न भएको हो ।
यसैविच अर्घाखाँचीको सितापुरमा पनि नरपानी चुनढुङ्गा उत्खनन रोक्का संघर्ष समितिको आयोजनामा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष झविलाल थापाले अवधारणापत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणापत्र माथी आ–आफ्नो धारणा राख्दै नेकपा एमालेका गोवद्धन थापा, नेपाली काँग्रेसका केशवराज घिमिरे, राष्ट्रिय जनमोर्चा ठाडाका अध्यक्ष ऋषिराम बेल्वासे, सरस्वति मा.वि. सितापुरका प्र.अ. राजेन्द्र के.सी.।, लगायतले आन्दोलनप्रति एक्यवद्धता जनाएका थिए ।
कार्यक्रम मिनराज घिमिरेको अध्यक्षता र यादव आलेको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रम मिनराज घिमिरेको अध्यक्षता र यादव आलेको सञ्चालनमा सम्पन्न भएको हो ।
यस्तै अर्घाखाँचीको अड्गुरीमा संघर्ष समितिकै आयोजनामा सार्वजनिक बहस कार्यक्रम समपन्न भएको छ । संघर्ष समितिका सदस्य पदम के.सी.को अध्यक्षता र संघर्ष समितिका सदस्य टेकबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव थम्मन के.सी.ले अवधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणापत्र माथी आ–आफ्नो धारणा राख्दै नेपाली काँग्रेस अड्गुरीका सभापति फर्सुराम श्रेष्ठ, एमाले अड्गुरीका अध्यक्ष, एकीकृत नेकपा माओवादीका पावर्ता भट्टराई र शिक्षक कमल घिमिरेले चुनढुङ्गा उत्खननका विरुद्ध जनताले गरेको आन्दोलन जायज भएको भन्दै आफुहरुको पनि एक्यवद्धता रहेको जनाएका छन् ।
यसैगरी अर्घाखाँचीको खिल्जीमा पनि संघर्ष समितिको आयोजनामा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बाबुराम पन्थीले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रम तुल्सीराम बेल्वासेको अध्यक्षता र दलबहादुर के.सी.को सञ्चालनमा सम्पन्न भएको हो ।
यसैविच कम्पनीले फेरी उत्खननको प्रयास गरेको भन्दै स्थानीवासीहरु दुई हप्तादेखी धर्नामा बसेका छन् । चिसोका कारण धर्नामा बसेका आन्दोलनकारीहरुको स्वास्थ्य अवस्था विग्रदै गएको बताइएको छ । तर अर्घाखाँची न्युज संग कुरा गर्दै धर्नामा वसेका आन्दोलनकारीहरुले भने ज्यानकै बाजी राखेर भएपनि उत्खनन गर्न नदिने बताउदै धर्नामा वसिरहेका छन् ।
.jpg)
