हरिप्रसाद भुसाल
चैत १, अर्घाखाँची
पूर्व मन्त्री तथा बाम साहित्यकार मोदनाथ प्रश्रितले जातिज संघीयताले मुलुक समाप्त हुने बताएका छन् । उनले जातिय संघीयता नेपालको लागि उपयुक्त नभएको भन्दै संघीयताको विकल्पको रुपमा नेपालमा शक्ति विकेन्द्रीकरणको आधारमा राज्य पुनर्संरचना गर्नुपनेमा जोड दिएका छन् ।
नेपाललाई समाप्त पार्ने गुरुयोजनाका साथ गैर नेपालीलाई नागरिकता वितरण गरिएको भन्दै नेता प्रश्रितले जातिय आधारमा संघीयतामा जाने निर्णय अध्ययन विनको निर्णय भएका बताए “नेपाल जस्तो बहुभाषाभाषी भएको मुलुकमा संघीयता कसरी लागु हुनसक्छ ?” उनले प्रतिपश्न गर्दै भने “सिंगो विश्वमा नै एउटा भाषा लागु हुने समयमा नेपालमा जातीय द्धन्द्ध सिर्जना गराउनु कुनैपनि हालतमा राष्ट्रवादी हुन सक्दैन । उनले उत्तेजक चुनावी भाषण दिएर जनताको रगत तताउने भन्दा पनि ठन्डा दिमागले सोँच्नुपर्ने बला आएको बताए । जातियताको लडाई बलियो बन्दै गएका कारण सवै नेपालीमा सकारात्मक सन्देश प्रवाह गनृका लागि राजनीतिक पार्टीहरुसंग आग्रह गरे ।
पार्टीका नेताहरु राष्«ियताको रक्षको लागि एकजुट नभएका कारण अखण्ड नेपाल कमजोर भएको उनको कथन थियो । एउटै पार्टी भित्र नेताहरु शक्ति हत्यानका लागि लडिरहेका कारण राष्ट्रियताको लडाई पेचिलो बन्न नसकेको उनको भनाई थियो । “यो लडाइ मातृका कोइराला र वि.पि. कोइराला हुँदै प्रचण्ड र मोहन बैद्यसम्म आइपुगेको” उनले उल्लेख गरे ।
अर्घाखाँची जिल्लको वाङ्गला गा.वि.स.को मथुरामा सञ्चालित श्रीमद्भागवत् महायज्ञमा सहभागि वन्ने क्रममा प्रश्रित अर्घाखाँची आएका हुन् ।

.jpg)