महायज्ञबाट दुइ करोड उठ्यो

हरिप्रसाद भुसाल
चैत १, अर्घाखाँची
सुविधासम्पन्न टेलिमेडिसिन अस्पताल र कृषि क्याम्पसको स्थापना गर्ने उद्धेश्यले अर्घाखँची जिल्लाको वाङ्गला गाविसको मथुरावेसीमा सञ्चालन भएको श्रीमदभागवत महायज्ञको आज सातौं दिनसम्म करिव दुई करोड रकम संकलन भएको छ ।
महायज्ञमा स्थानीय विकास मन्त्रालय देखी सामान्य किसान सम्मले सहयोग गरेको र उत्साहजना सहभागिताले आफुहरुलाईै खुसी बनाउको आयोजकले जनाएका छन् ।
महायज्ञको गत फागुन २४ गते स्थानीय विकास मन्त्री एवं अर्घाखाँची जिल्ला क्षेत्र नं. १ का सभाषद टोपबहादुर रायमाझीले  एक कार्यक्रमका विच उदघाटन गरेका थिए ।
Tags: ,