श्री जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड धारापानी अर्घाखाँचीको छैटौं वार्षिक साधारण सभा चैत ४ गते सम्पन्न भएको छ । संस्थाको कार्यालय धारापानीमा सम्पन्न भएको सभाले पशुपति वन्जाडेको अध्यक्षतामा नयाँ समितिको समेत चयन गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष पशुपति वन्जाडेको अध्यक्षता, मधु वन्जाडेको स्वागत मन्तव्य र कृष्ण प्रसाद वन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।
.jpg)
