सन्धिखर्क तथा चुत्रावेसी वजारमा अतिक्रमित सार्वजनिक जग्गा छुट्याउका लागि सन्धिखर्क गा.वि.स.ले तयार पारेको प्रतिवेदनलाई कडाई पूर्वक कार्यान्वयन गर्नका लागि अधिकार सम्पन्न कार्यदलको गठन गरिएको छ ।
सन्धिखर्कमा आज वसेको सर्वपक्षिय बैठकले अतिक्रमित जग्गा प्रतिवेदनको थप अध्ययन तथा विश्लेषण गर्दै कार्यान्वयन गर्नका लागि उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय कार्यदलको गठन गरेको हो । अतिक्रमित जग्गाबापतको रकम असुल गरी पाणिनी बहुमुखी क्याम्पसको लागि म्याचिङ्ग फण्टको लागि रकम जुटाउने गरी काम शुरु गर्न थालिएको हो ।
कार्यदलका अन्य पदाधिकारीहरुमा ठाकुर कुमार वि.क., बासुदेव आचार्य, कुलदिप भुसाल, पशुपति ढकाल, नारायण वन्जाडे, गिरी प्रसाद भुसाल, धर्मराज अधिकारी, राम बहादुर रायमाझी, नेत्र प्रसाद भट्टराई, कृष्ण खनाल, रामचन्द्र पोखे्रल र पाणिनी बहुमुखी क्यामपसका प्रमुख सदस्य रहेका छन् ।
यसैगरी वैठकले चन्द्र बहादुर खड्का, कमल प्रसाद भुसाल, रामजी घिमिरे, यमुना भुसाल, देवी बहादुर खड्का, हरि प्रसाद भुसाल, वेदराज घिमिरे, केदार बेल्वासे, ध्रुव भुसाल र इन्द्र बहादुर गेलाङ्ग सदस्य रहेको सल्लाहकार समितिको समेत चयन गरेको छ ।
कार्यदलले तत्काल काम शुरु गरी सदरमुकाम सन्धिखर्कमा रहेका अतिक्रमित जग्गाहरुबाट उचीत रकम जम्मा गर्ने र सार्वजनिक जग्गा विक्री गरी म्याचिङ्ग फण्टको लागि रकम जम्मा गरिने कार्यदल संयोजक कृष्ण प्रसाद श्रेष्ठले वताउनुभयो ।

.jpg)