अर्घाखाँची जिल्लामा थप नयाँ ३ जना एचआईभी संक्रमित फेला

पार्वता श्रेष्ठ,
चैत्र १३ अर्घाखाँची

अर्घाखाँची जिल्लामा फेरी थप नयाँ ३ जना एचआईभी संक्रमित व्यक्ति फेला परेका छन् । विभिन्न सघं सस्थाको व्यापक रुपमा संचालित जनचेतना मूलक कार्यक्रमले गर्दा जिल्लामा लुकेर बसेका एचआइभी संक्रमितहरु पत्ता लाग्न थालेका हुन । एचआईभीको क्षेत्रमा काम गदै आएको संस्था सक्रिय सेवा समाज र जिल्ला श्वास्थ्य कार्यालयको सयुक्त सहयोगमा संचालित एचआईभीको रगत परिक्षण केन्द्र भि।सी।टी सेन्टरमा यस फागुन महिनामा मात्र ३५ जनाको रगत परिक्षण गर्दा ३ जना एचआईभी संक्रमित पत्ता लागेको यस सेन्टरका परामर्शकर्ता गीता भुसालले जानाकारी दिनु भयो । यस जिल्लामा हाल सम्मको तथ्यांक हेर्दा एचआईभी संक्रमितहरु ९५ जना पुगेको र त्यसमा ५२ महिला , ४३ पुरुष रहेकोमा यसै मध्ये ६ जना बच्चा समेत रहेको सन्देस सहयोग समुहका अध्यक्ष पार्वती बन्जाडेले जानाकारी दिनुभएको छ । यी ९५ जना मध्ये हाल सम्म २० जनाको मृत्यु भईसकेको र ३८ जनाले एचआईभी एन्टीबडी भाइरसलाई नियन्त्रण गरि प्रतिरक्षाशक्तिलाई स्थिर राख्नको लागि एआरभी औषधि खाइरहेको बन्जाडेले बताउनु भयो । एचआईभी भन्ने वितिकै अझैपनि समाजमा डराउने , लाज मान्ने हुदाँ यसलाई लुकाएर बस्ने र अन्तिममा एकदमै ग्रस्त भईसकेपछि भि।सी।टी सेन्टरमा रगत परिक्षण गर्न आउने गरेको बताउनु हुन्छ बन्जाडे । यसरी जिल्लाको तथ्यांकलाई हेर्दा ६ वर्षको बच्चा देखि लिएर ७० वर्ष सम्मको व्यक्तिमा एचआईभी रहेको पाईएको छ जसमा बढी २० वर्ष देखि ४० वर्ष सम्मको व्यक्तिमा रहेको पाईएको छ । हाल सम्म आएर लगभग जिल्लाको सबै गा।वि।स।मा एचआईभी संक्रमित रहेको बन्जाडे बताउनु हुन्छ । एआरभीको समस्या यसै अनुसार जिल्लामा एआरभी सेन्टर संचालन नहुदाँ संक्रमितले ठूलो सास्ती व्र्होनु परेको बताउनु हुन्छ बन्जाडे । एआरभी खान काठमान्डौ , बुटवल र पाल्पा नै जानु पर्ने बाध्यता रहेको र ती ठाउँमा पनि जतिसुकै बेला सुविधा लिन नपाउनु र आर्थिक समस्याको कारण दुर्गम ठाउँका व्यक्तिहरुले सहज रुपमा समयमै एआरभी औषधि खान नपाउदाँ अर्घाखाँचीका एचआईभी संक्रमितहरु अकालमै मृत्युको शिकार बन्न बाध्य भएको एचआईभी संक्रमित रेमबहादुर मुखियाले बताउनु भयो । जिल्लामा नै सिडिफोर र एआरभीको सेवा संचालन गर्न राज्य, राजनितीक दल र अन्य सरोवकारवालाहरुले त्यस प्रति चासो नदेखाएको गुनासो एचआईभी संक्रमितहरुको छ । सबै निकायको पहलमा यी सेवाहरु जिल्लामा नै सचालन गर्ने हो भने एचआईभी संक्रमितलाई लामो समय सम्म बाच्न सहयोग पुग्ने बताउनु हुन्छ संक्रमित बन्जाडे ।
Tags: , , ,