अर्घाखाँची जिल्लाको एस.एल.सीको अन्तिम गतिविधी

यस वर्षको एस.एल.सी. परीक्षामा अर्घाखाँची जिल्लाबाट कुल ३२० जना विद्यार्थीको एकदिनको परीक्षा रद्ध भएको छ । परीक्षामा अमर्यादित काम गर्नेहरुको परीक्षा रद्ध भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । डिभर्ना परीक्षा केन्द्र बाहेक अन्य सम्पूर्ण परीक्षा केन्द्रबाट विद्यार्थी निष्काशनमा परेका थिए । त्यस्तै दूइ पटक निष्काशनमा परेका विद्यार्थीहरुको भने यो वर्षको परीक्षा समेत रद्ध गरिएको छ । यसरी विद्यार्थी एक वर्षको लागि रेष्टिकेट हुने परीक्षा केन्द्रहरुमा गोखुङ्गा केन्द्रबाट १ जना, असुरकोट केन्द्रबाट ५ जना, नुवाकोट केन्दबाट १ जना, बाँगी केन्द्रबाट १ जना, जुकेना केन्द्रबाट ४ जना, ठाडा केन्द्रबाट १जना, सितापुर केन्द्रबाट १ जना, सतिनेटा केन्द्रबाट एक जना र पोखराथोक केन्द्रबाट १ जना रहेका छन् ।
त्यस्तै ज्ञानप्रकाश मा.वि. डिभर्ना केन्द्रबाट एकजना विद्यार्थी पनि रेष्टिकेटमा परेका छैनन् । एकजना विद्यार्थी पनि निष्काशनमा नपरेको यो जिल्लाको एकमात्र परीक्ष केन्द्र हो ।
Tags: ,