नेपालका पर्यटनमन्त्री अवुधावी प्रहरीको नियन्त्रणमा

२३ फागुन, अवुधावी। 
एक कार्यक्रममा भाग लिन जर्मनी जान लागेका नेपालका पर्यटनमन्त्री लोकेन्द्र बिष्ट मगरलाई अवुधावी प्रहरीले नियन्त्रणमा लिएको छ ।
भिषामा समस्या भएपछि मन्त्री विष्टलाई युएईको अवुधावी विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको हो । परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता तिर्थराज बाग्लेले केही समस्या आएपछि मन्त्री अवुधावीमा रोकिएको र समस्या समाधानको पहल भइरहेको जानकारी दिनुभयो । पर्यटनमन्त्रीको निजी सचिवालयले भने भिसामा केरमेट भएका कारण समस्या आएको र अहिले समाधान भइसकेको बताएको छ ।http://onlinekhabar.com/wp-content/uploads/2011/12/lokendra-bista-1.jpg
बिष्टको निजी सचिवालयका अधिकृत पदमप्रसाद बजगाईंले मन्त्री बिष्ट समस्यामुक्त भएको बताउनुभयो ।
यसअघि मन्त्री विष्टलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको सार्वजनिक भएको थियो ।
यही मार्च ७ देखि ११ सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी बर्लिनमा भाग लिन मन्त्री बिष्ट हिजो त्यसतर्फ प्रस्थान गरेका थिए ।
स्रोतका अनुसार हिजो साँझ नै अवुधावी पुगेका मन्त्री बिष्ट करिव दश घण्टा प्रहरीको नियन्त्रणमा रहेका थिए । टोलीमा मन्त्रीसहित पर्यटन मन्त्रालय र निजी क्षेत्रका गरि २२ जना सहभागी थिए ।
Tags: ,