गुलरिया, फाल्गुन २३ - जमिनमुनि लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा शक्तिशाली सकेट बम भेटिएका छन् । मोतीपुर गाविस ७ दाङ दमौलीस्थित गोब्रला सामुदायिक वनका महिलाले घाँसदाउरा गर्न जाँदा प्लास्टिकका बोरामा बम फेला पारेका हुन् । काटिएका रूखको बुटा निकाल्दा उक्त बमका बोरा भेटिएको हो । प्रहरी उपरीक्षक रामकृपाल साहले स्थानीयले जानकारी दिएपछि प्रहरी टोलीले घटनास्थल पुगी २८ थान सकेट बम बरामद गरेको बताए । द्वन्द्वकालमा माओवादीले बम लुकाएको हुनसक्ने शंका प्रहरीको छ । बम निष्त्रिmय पार्न सेनाको टोली घटनास्थल पुगेको छ ।
सदरमुकाम गुलरियाबाट पूर्वउत्तर करिब २५ किमि टाढा बम भेटिएको हो । गतवर्ष पदनाहा गाविसमा पनि यसैगरी ठूलो परिमाणका बेवारिसे बम प्रहरीले भेटाएको थियो । स्रोतका अनुसार धधवार, बनियाभार, मगरागाडी, सोरहवा, पदनाहालगायत गाविसमा द्वन्द्वकालमा माटोमुनि लुकाइएका बम भेटिन थालेको हो ।

.jpg)