२६ फागुन, काठमाण्डौ । शिक्षा मन्त्रालयलले उच्च माध्यमिक शिक्षक एसोसिएसन नेपाल हिस्टानले उठाएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएपछि चार दिन बन्द रहदै आएका निजी तथा सामुदायिक उच्च माध्यमिक विद्यालय शुक्रवारदेखि सञ्चालनमा आएका छन् । आफुहरुले उठाएका माग पुरा नभएको भन्दै हिस्टानले गत मङ्गलबारदेखि बन्द आहृवान गरेपछि मुलुकभरका निजी तथा सामुदायिक उच्च माविमा पठनपाठन ठप्प पार्दै आएको थियो ।
तत्कालीन शिक्षा राज्यमन्त्री गोविन्द चौधरीको संयोजकत्वमा विसं २०६६ पुस ९ गते गठित कार्यदलले उच्च माविका शिक्षकको सेवा सुविधा र दरबन्दीका बारेमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रालय राजी भएपछि बन्द स्थगित गरिएको हिस्टानका अध्यक्ष दीपक सुवेदीले जानकारी दिनु भयो ।
उसले उच्च माविमा कार्यरत शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने, उच्च माविलाई स्थायी सम्बन्धन दिइनुपर्ने, हाल रहेको दरबन्दीलाई चार हजारमा परिणत गरी सोहीअनुसारको दरबन्दी कायम गर्नुपर्नेलगायतका माग राख्दै आएको थियो ।
.jpg)
