पोखरा , फाल्गुन २४ -
पत्रकारितामा मौलाउँदै गएको दलीय भागबन्डालाई निरुत्साहित गर्दै स्वतन्त्र पत्रकारिताको रक्षा गर्न भन्दै पोखरामा स्वतन्त्र पत्रकार संघ नेपालको गठन गरिएको छ ।
पोखरामा क्रियाशील पत्रकारको बुधबार भएको भेलाले स्वतन्त्र पत्रकार संघ नेपाल घोषणा गरेको हो ।
पत्रकार कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा गठित ११ सदस्यीय तदर्थ समिति सदस्यमा कमल पौडेल अथक, बीबी आले, प्रेम नेपाली, कृष्ण थापा, दुर्गा अधिकारी, आरजु विष्ट सल्यानी, मनोज घर्तीमगर, ऋषि बराल, शीला गुरुङ र रुबी बाँस्तोला छन् ।