होलीमा युवतीले ख्याल गर्नुपर्ने कुरा

होलीमा अरु भन्दा युवतीले बढी लोला खान्छन् । भिजेको युवती देखेर रमाउने र आनन्द लिने केटाहरुका कारण होलीको बेला धेरै युवती हैरान नै हुन्छन् । रंग, अबीर दल्ने रहर नहुँदा नहुँदै पनि उनीहरु होलीको बेला राताम्मे र निथु्रक्क भिजिरहेका हुन्छन् ।
इच्छा अनुसार आपसमा होली खेल्दा र ईच्छा नहुँदा अरुबाट लोला खानबाट बच्न युवतीहरुले के के कुरामा ध्यान दिने त ? टेकु अस्पतालमा काम गर्ने डाक्टर अनिता रेग्मीको सुझाव यस्तो छ:
· टाढाबाट कसैले हानेको लोला कान, आँखा, नाक र स्तनमा लाग्यो भने नराम्रो असर पर्छ । कान नसुनिने, आँखाको ज्योति जाने, नाकबाट रगत आउने जस्ता समस्या देखिन सक्छ । त्यसैले यस्ता सम्बेदनशिल अंगमा लोलाले नलागोस् भनेर विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।
· आपसमा रंग खेल्दा छाला र आँखाको ध्यान पुर्याउनुपर्छ । बिभिन्न प्रकारका रङले छालामा एलर्जी ल्याउँछ । त्यसैले रङ छनोटमा ध्यान दिनुपर्छ ।
· रङ, अबीर खेल्नुअघि तेल लगायो भने रङको असर शरीरभित्र पस्न पाउँदैन ।
· रङ, अबीर खेलिसकेपछि या शरीरमा परेपछि राम्रोसित नुवाईधुवाई गर्नुपर्छ ।
Tags: ,