धादिङ, फाल्गुन २३ - धादिङको बैरेनीबजारबाट सोही गाविसको ज्यामीरीचौरतर्फ जांदै गरेको मिनिट्रक दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । मंगलबार दिउंसो बैरेनी गाविस वडा नं. ३ ज्यामीरीचौरमा सो ट्रक दुर्घटना हुंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका हुन् ।
प्रहरी चौकी बैरेनीका अनुसार काठ बोकेर गुडेको बा.१ ख ३८८२ नं. को मिनिट्रक ब्रेक फेल भएर कच्चीसडकबाट पल्टिएको थियो । दुर्घटनामा चालक २५ वर्षीय राजु भुजेल र गाडी मालिक ५५ वर्षीय कृष्णबहादुर खड्काको मृत्यु भएको बैरेनी प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको स्थानीयबासीले उद्धार गरि उपचारका लागि बीर अस्पताल पठाइएको उद्धारकर्ता पुरुषोत्तम अधिकारीले बताए । क्षमताभन्दा बढी भार भएकोले ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

.jpg)