मानिसहरू सेक्सका बारेमा किन यति धेरै चासो दिन्छन् ?

सायद यो कुरामा सबैको रुचि भएकाले हो कि ? अथवा यो गोप्य कुरा भएकाले यस विषयमा जान्न-सुन्न मन लागेर पनि मानिसहरूले यति  धेरै चासो दिएका होलान्।

जितु नेपाल, हास्यकलाकार



मानिसहरू सेक्सका बारेमा किन यति धेरै चासो दिन्छन् ?

हाम्रो समाज आजसम्म सेक्सका बारेमा उदार हुन सकेको छैन। वास्तवमा सेक्सलाई अहिलेसम्म लुकाएर गरिने कुराका रूपमा लिइन्छ। सायद  त्यही भएर यो विषयमा मानिसहरूको चासो बढेको हो कि ?

श्याम भट्टराई, निर्देशक



मानिसका लागि नभै नहुने शारीरिक आवश्यकता भएकाले पनि सेक्सप्रति मानिसहरूको चासो बढेको हुनुपर्छ।

शुभेच्छा थापा, नायिका



सेक्स एउटा शारीरिक आवश्यकता हो। हाम्रो जीवनमा सेक्सको यति धेरै महत्त्व छ कि यो बिना मानिसले बाँच्ने कल्पनासमेत गर्दैन। त्यही  भएर होला, मानिसहरू सेक्सप्रति बढी नै चासो दिन्छन्।

सम्झना बुढाथोकी, नृत्यांगना/कलाकार



वैवाहिक जीवनलाई सुखमय बनाउने एउटा महत्त्वपूर्ण माध्यम सेक्स भएकाले पनि मानिसहरू यो विषयप्रति बढी चासो दिन्छन्। श्रीमान्- श्रीमतीबीचको सम्बन्धलाई सुमधुर बनाउन सेक्सले ठूलो भूमिका निर्वाह गर्छ। सेक्सबिना वैवाहिक जीवन नै असफल हुने भएकाले पनि यो  चासोको विषय बनेको हो।

सरिष्मा अमात्य, गायिका
Tags: ,