कतारबाट फर्किएर नेपालमा ब्यवसाय

हरिप्रसाद भुसाल
  वैसाख ६, अर्घाखाँची

  लामो समय कतारमा रोजगारी गरेर नेपाल फर्किएका अर्घाखाँचीका एक युवाले आफ्नो गाउँमै व्यवसाय शुरु गरेका छन् ।
... घरको कमजोर आर्थिक अवस्थाका कारण केही समय अघि रोजगारीका लागि कतार पुगेका अर्घाखाँचीको धारापानी ६ का दल बहादुर रानाले नेपाल फर्किएर आफ्नै गाउँमा होटल व्यवसाय शुरु गरेका हुन । विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने सुन फल्ने सम्भावना देखेका रानाले आफ्नै एकल प्रयासमा होटल सञ्चालन गरेका हुन् । कतारमा हुने कमाई अहिले आफ्नै माटोमा कमाएको छु ।” रानाले भने “श्रम गर्ने हो भने नेपालमै पनि प्रशस्त कमाउन सकिन्छ ।”
Tags: , , ,