![]() |
सहयोगीको सहयोगमा एस.एल.सी. परीक्षा दिदै सिता |
अर्घाखाँची, बैशाख ८
अर्घाखाँची जिल्लाको नुवाकोटमा गत फागुन २ गते भएको सवारी दुर्घटनामा परी गम्भिर घाईते भएकी नुवाकोट ९, सलेनधाराकी सीता आचार्यले आर्थिक अभावमा उपचार गर्न सकिरहेकी छैनन् ।
नजिकिदै गरेको एस.एल.सी. परीक्षाको लागि सामग्रीको जोहो गर्न सन्धिखर्क गएकी सीता घर फर्कदै गर्दा नुवाकोट लात्तेबाँझमा लु. १ ज ११५० नम्वरको जिप दुर्घटना हुँदा घाईते भएकी थिईन । परीक्षाको मुखमा दुर्घटनामा परेकी उनको दुवै खुट्टाले त्यती राम्रो काम गर्दैनन् भने वस्न समेत मिल्दैन । जसका कारण एस.एल.सी. परीक्षा समेत उनले तल्लो कक्षामा पढ्ने एकजना गाउँको भाइको सहयोगमा दिएकी थिईन । “ राम्रोसंग हिडडुल गर्न र वस्न समेत मिल्दैन ।” अर्घाखाँची न्यूज संग कुरा गर्दै सीताले भनिन् “अव त पुरानै अवस्थामा पुग्न शायद सक्दिन होला ।” “समाजले नै अपाङ्ग भनेर नराम्रो दृष्टिकोणले हेर्न थाले ।” उनले दुखेसो गरिन् । कम्मर मुनिपट्टीको हाड खुस्किएपछि हिँडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेकी उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने सम्वन्धित पक्षले कुनै वास्ता नगरेको उनका परिवारजनले अर्घाखाँची न्यूजसंग दुखेसो पोखेका छन् ।
अहिलेसम्म करीव पचास हजार उपचार खर्च लागेको र उपचार खर्चको विल पेश गरेको भएपनि सरोकारवाला पक्षबाट कुनै औपचारिक जानकारी नआएको परिवारको भनाई छ ।
यता देउराली यातायात व्यवसायी समितिले भने सहयोग गर्न आफुहरु तयार रहेको जनाएको छ । अर्घाखाँची न्यूजसंग कुरा गर्दै देउराली यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष गोविन्द बि.सी. ले उपचार खर्चको विल कार्यालयमा पेश नभएको भन्दै विल पेश भएपछि अनुसन्धान गरी उपचार खर्च प्रदान गर्न आफुहरु तयार रहेको बताए ।
.jpg)

