शान्ति उ.मा.वि.मा स्वर्ण महोत्सव,
छमछमी नाचे रायमाझी

हरिप्रसाद भुसाल      
अर्घाखाँची ३, बैशाख

शान्ति उच्च माध्यमिक विद्यालय बाँगी–५, आरुखोर अर्घाखाँचीको स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्थानीय विकास मन्त्री तथा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ का सभासद् टोप बहादुर रायमाभःीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय कलाकार खुमन अधिकारी, जमुना राना लगायतले गीत संगितका माध्यमले सवैलनई छाछमी नचाएका थिए । गायीका जमुना रानाले गित गाउँदा स्थानीय विकास मन्त्री टोप बहादुर राउमाझी लगायतका अतिथीहरु छमछमी नाचेकाम थिए ।

विभिन्न प्रतियोगिताहरुमा उत्कृठ भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा विद्यालयलाई विभिन्न किसिमले सहयोग गर्ने सहयोगदाताहरुलाई अभिनन्दन समेत गरिएको कार्यक्रममा जिल्लामा क्रियाशल प्रमुख राजनीतिक दलका नेताहरु तथा कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी रहेका रायमाझीले शैषिक सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताए । तोकिएको समयमा संविधान जारी गरिने दावी गर्न समेत भ्याएका रायमाझीले यही सरकारले नै शनन्ति प्रक्रिया टुङ्गाउने दावी समेत गरे । मन्तव्य राख्दै एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य डिलाराम आचार्यले पनि तोकिएको समयमै संविधान जारी हुने दनवी गरे । गणतन्त्र दिवसको दिन नयाँ संविधाान जारी भएको अवसरको सन्दर्भमा अविरजात्रा गर्नको लागि तयार रहने उनले स्थानीयवासीहरुलाई आगह समेत गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक माधव पन्थीले गरेका थिए ।
Tags: ,