पशुपती श्रेष्ठ/ टेकराज थापा, दोहा कतार - प्रबासमा अर्घाखाँचीबासी हामी सबै एक होऔ समाजका लागि केही गरौ भन्ने आभिप्रायका साथ संगठित उक्त समाजले आज पहिलो मासिक भेला सम्पन्न गरेको छ ।


आफु त बाचिएको छ अरुलाई पनि बचाउ भन्ने ठुलो मनसायले गत केहीदिन पहिले प्युठान वाङेकि ६ वर्षीया वालिका बिमला पुन घर नजिकै दोजरले बाटो खन्दै गरेको हेर्न साथीहरुसँग दोडिदै जादा घर नजिकै रहेको डर लाग्दो भिरबाट लडेर गम्भिर घाइते भएकी वालिकाको टाउकोमा चोट लागेर अर्घाखाँची जिल्ला अस्पातलमा लगिएको थियो तर अर्घाखाँची अस्पातलले यहाँ उपचार हुन नसक्ने बताए पछि भैरहवा रिफर गरेको थियो

गरीब परिवारमा जन्मिएकी बिमला घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको कारण बिपन्न परिवारले उपचार गर्न सकेनन भन्ने समाचार अर्घाखाँची डटकमले प्रकाशित गरेको थियो उक्त समाचारलाई आधार मानि कतारमा नबगठित अर्घाखाँची सेवा समाज कतारले बिभिन्न फेसबुक पेजमा सुचना प्रभा गरी कतारमा रहनु भएका बिभिन्न जिल्लाका साथीहरुको सह्योग तथा समाजका सदस्यहरुको सहयोगमा कतारी १०२२ रियल संकलन गरीएको छ र सो रकमा २/३ दिन भित्रमा पठाउने तयारीमा रहेको समाजका अधक्ष्य भुबन केसी ले जानकारी दिनु भयो

कार्यक्रम समाजका सल्लाकार युबराज पोख्रेलको सभापतित्व अधक्ष्य भुबन केसीको संचालन सचिब पशुपती श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा नब बर्ष २०६९ को उपलक्ष्मा समाजका अध्यक्ष भुबन केसी सचिब पशुपती श्रेष्ठ, सदस्य यूबराज पाण्डे, टेक राज थापाले हातमा हात काधमा काध  मिलाई हाते मालो गरी समाजलाई अगाडि बढाउन सबैको साथ रहोस भन्दै शुभकामना दिनु भएको थियो