पत्रकार हत्याका मुख्य आरोपी पक्राउ

काँकडभिट्टा, चैत्र २३ - झापाका पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी चाहना युवा परिवारका सदस्य मदन राई पक्राउ परेका छन् ।
प्रहरीले पौडेल हत्या आरोपमा पक्राउ परेकाहरुको बयानका आधारमा राईलाई मुख्य अभियुक्त भनी खोजी गरिरहेको थियो । उनकै योजनामा यादवको हत्या भएको प्रहरी अनुमान छ ।
पत्रकार पौडेलको मंगलबार राति विर्तामोडमा विभत्स हत्या भएको थियो ।
Tags: ,