पत्रकार हत्याको विरोधमा अर्घाखाँचीमा शोक सभा सम्पन्न

हरि प्रसाद भुसा
चैत २३, अर्घाखाँची
आफ्ना सहकर्मी हत्या भएको सन्दर्भमा हिज नेपाल पत्रकार महासंघ, अर्घाखाँचीले शोक सभा सम्पन्न गरेको छ ।
झपामा पत्रकार यादव पौडेलमाथी आक्रमणण गरी हत्या गरिएपछि हिजो वसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समतिको बैठकले देशभर शोक सभा गर्ने निर्णय गरेबमोजिम अर्घाखाँची जिल्लामा पनि शोक सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले हहत्याराको खोजी गरी कारवाहीको दायरामा ल्याउन सरकारसंग माग गरेका थिए । उनले दोशी उपर कारवाही नभए आफुहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रन बाध्य हुने भेतावनी समेत दिएका थिए ।
Tags: , , ,