संविधानसभा विघटन भएकोमा एनआरएनद्धारा दुःख व्यक्त


गैरआवासीय नेपाली सङ्घले (एनआरएन) ले संविधानसभा विघटन भएको प्रति चिन्ता व्यक्त गरेको छ । उसले संविधानसभा विघटनबाट विकसित राजनीतिक अवस्थाप्रति सङ्घले आफुहरुलाई अत्यन्त गम्भीर र चिन्तित वनाएको जनाएको छ ।
सङ्घले मंगलवार एक विज्ञप्ति जारी प्रमुख दलहरुबीचको न्यूनतम सहमतिले मात्रै मुलुकमा देखिएको यो गम्भीर जटिलता हल हुने गरी अगाडि बढ्न र जनताको आकाङ्क्षा सम्बोधन गर्न सम्भव हुने भएकाले दललाई राष्ट्रिय सहमति कायम गर्न आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ,’तोकिएको मितिमा संविधान जारी हुन नसकी संविधानसभा स्वतः भङ्ग हुँदा जनप्रतिनिधिहरुबाट संविधान बनाउने नेपाली जनताको २००७ सालदेखिको चाहनामा फेरि एकपल्ट ठेस लागेको छ । ‘
एनआरएनले केही दिनयता देशका विभिन्न ठाउँमा भएका घटनाहरुबाट शिक्षा लिई शान्त र पारस्परिक सद्भावको भावना कायम राखी समृद्ध नेपालको निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न दलहरुलाई आग्रह समेत गरेको छ ।
Tags: , ,