भनाइ छ, 'अ स्टिच इन टाइम सेभ्स नाइन' अर्थात् समयमा लगाइएको एउटा टाँकाले नौ टाँका जोगाउँछ । कम्प्युटरमा एन्टी-भाइरस भाइरस सˆटवेयर लगाउनु पनि यस्तै बुद्धिमानीपूर्ण काम हुन आउँछ । नेपाली बजारमा एन्टी-भाइरस सˆटवेयरको मोल विगतका दिनहरूमा महँगा थिए । आज त्यस्तो स्थिति छैन । वर्षमा औसत एक हजार रूपियाँ खर्च गर्दा एन्टी-भाइरस सˆटवेयर पाउन थालेको छ । होइन, तपाईं निःशुल्क पाइने एन्टी-भाइरस सˆटवेयरको खोजीमा हुनुहुन्छ भने यसपालि 'टेक्नो गुरु' प्रस्तुत गर्दैछन्, निःशुल्क प्रयोग गर्न पाइने केही सˆटवेयरहरू ।
तपाईंको कम्प्युटरको कामका गति सुस्त हुन थालेको छ ? के कम्प्युटरले तपाईंको निर्देशन कहिलेकाहीँ पालना गर्दैन ? कम्प्युटरमा तपाईंले 'सेभ' गर्नुभएको सामना त हराएको छैन ? अथवा, काम गर्दागर्दै कम्प्युटर बीचैमा बन्द त हुँदैन ? यस्तो हुने गरेको छ भने त्यसका कारणहरूमध्ये एक हुनसक्दछ, कम्प्युटर भाइरसको आक्रमण ।
'नर्टन', 'म्याकाफे', 'नड' लगायत विभिन्न ब्रान्डका एन्टी-भाइरस सˆटवेयरहरू नेपाली बजारमा सहजै पाइन्छन् । यसका लागि निश्चित मोल चुकाउनुपर्दछ ।
सामान्यतः प्रयोगकर्ताको सङ्ख्याको हिसाबले यी एन्टी-भाइरस सˆटवेयरहरूको मूल्य निर्धारण हुन्छ । यस्ता एन्टी-भाइरस सˆटवेयर एकपटक इन्सटल गरिएपछि एक वर्षसम्म काम दिने हुन्छ । नेपाली बजारमा उपलब्ध 'क्विकहिल' ले भने एक पटक इन्स्टल गरिएपछि तीन वर्षसम्म काम गर्दछ । यसरी इन्स्टल गरिएको एन्टी-भाइरस सˆटवेयरको निश्चित अवधि सकेपछि पुनः नयाँ इन्स्टल गर्ने वा नवीकरण गर्नुपर्ने हुन्छ । पुरानै एन्टी-भाइरसलाई अपग्रेड गर्दा एन्टी-भाइरस कम्पनीहरूले विशेष छुट पनि दिने गरेका छन् ।
होइन, तपाईं पैसा तिर्न चाहनु हुन्न भने केही कम्पनीले व्यक्तिगत/घरेलु प्रयोगका लागि निःशुल्क ए्रन्टीभाइरस सˆटवेयर पनि उपलब्ध गराउने गरेका छन् । सम्बन्धित एन्टी-भाइरस कम्पनीको वेबसाइटबाट त्यस्ता सˆटवेयर डाउनलोड गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध हुने गरेका सूचना प्रविधिसम्बन्धी चलेका म्यागाजिनहरूले पनि सीडी वा
डीभीडीमा राखेर त्यस्ता सˆटवेयर बेलाबेलामा उपलब्ध गराउने गरेका छन् ।
यसपालि हामी यसरी निःशुल्क उपलब्ध हुने गरेका विन्डोज अपरेटिङ सिस्टममा उपयोगी एन्टी-भाइरसबारे नै छोटो चर्चा गर्नेछौं ।
भनेर निःशुल्क प्रयोग गर्न सकिने एन्टी-भाइरस सˆटवेयर पनि हुने काम त गर्दैन ?
आभास्ट Û पि|m एन्टी-भाइरस
यस्ता एन्टी-भाइरस सˆटवेयरहरूमध्ये एक हो, आभास्ट पि|m ए्न्टीभाइरस । इन्स्टल गर्न पनि सजिलो आभास्त कम्प्युटरको आधारभूत सुरक्षाका लागि उपयोगी छ । आभास्ट प्रयोग गर्न पनि त्यतिकै सजिलो छ । यसको बिक्रीमा राखिएको 'आभास्ट Û प्रो एन्टी-भाइरस' को तुलनामा 'आभास्ट Û पि|m एन्टी-भाइरस' मा केही विशेषता कम छन् । यसले तीब्र गतिमा भाइरस स्क्यान गर्दछ । सुरक्षित फाइललाई 'मालवेयर' को रूपमा सङकेत गर्दैन । यसको डिजाइनिङ राम्रो । समग्रमो यो औसत एन्टी-भाइरस सˆटवेयर हो ।
कम्युटरमा हुनुपर्ने न्यूनतम
आवश्यकता ः
फाइल साइज ः ६ एमबी
माइक्रोसˆट सेक्युरिटी एसेन्श्ल
विश्वकै विख्यात सˆटवेयर निर्माता माइक्रोसˆटले पनि निःशुल्क एन्टी-भाइरस सˆटवेयर उपलब्ध गराउने गर्दछ । 'एन्टी-एन्वाइइङ, एन्टी-एक्सपेन्सिभ, एन्टी-भाइरस प्रोग्राम' अर्थात् चिन्तारहित, खर्चरहित तथा भाइरससहित भनिएको माइक्रोसˆट सेक्युरिटी एसेन्श्लले घर तथा साना व्यवसायमा प्रयोगमा ल्याइएका कम्प्युटरहरूलाई भाइरस, स्पाइवेयर तथा अन्य कुत्सित सˆटवेयरको प्रभावबाट मुक्त राख्दछ । यो सˆटवेयर पनि इन्स्टल गर्न र प्रयोग गर्न सजिलो छ । यसले पृष्ठभूमिमा रहेर काम गर्दछ ।
यो सˆटवेयर प्रयोग गर्ने हो भने कम्प्युटरमा जेनुइन विन्डोज अपरेटिङ सिष्टम नै लगाइएको हुनुपर्दछ । तपाईंको कम्प्युटरमा जेनुइन विन्डोज अपरेटिङ सिस्टम छ भने यो राम्रो विकल्प हुनसक्दछ ।
ः
साइज ः करिब ८ एमबी
कोमोडो इन्टरनेट सेक्युरिटी
उपलब्ध निःशुल्क एन्टी-भाइरस सˆटवेयरहरूमा बढी सुविधायुक्त सˆटवेयरको रूपमा 'कोमोडो इन्टरनेट सेक्युरिटी पि|m भर्जन' पर्दछ । यसले एन्टी-भाइरस, एन्टी स्पाइवेयर, एन्टी-रुटकिट र बुट प्रोटेक्सनको रूपमा काम गर्ने भनाइ निर्माता कम्पनीको रहेको छ । यसका साथै यसले कम्प्युटरलाई इन्टरनेट आक्रमणबाट जोगाउने, भाइरसहरू पत्ता लगाई त्यसलाई समाप्त पार्ने, मालवेयरहरू इन्स्टल हुनबाट रोक्ने, व्यवसाय तथा घरका लागि निःशुल्क रहेको, अटो स्यान्डबक्स टेक्नोलोजी अपनाइएको र इन्स्टल एवं प्रयोगको लागि अत्यन्त सहज रहेको कम्पनीको भनाइ छ ।
कम्प्युटरमा हुनुपर्ने न्यूनतम
आवश्यकता ः
साइज ः करिब ६० एमबी
अभिरा एन्टीभाइर पर्सोनल
सशुल्कवाला अभिरा एन्टीभाइर पि्रमियम र अभिरा पि्रमियम सेक्युरिटी सुइट बिक्री गर्दै आएको जर्मन कम्पनीले व्यक्तिगत प्रयोगका लागि निःशुल्क उपलब्ध गराउँदै आएको यो अर्को एन्टी-भाइरस सˆटवेयर हो । यो सˆटवेयर एन्टी-भाइरस, एन्टीडायलर, एन्टीरुटकिट, एन्टीस्पाइवेयर-एन्टीएडवेयर रहेको
कम्पनीको भनाइ छ ।
यो सˆटवेयर निम्न ठेगानाबाट डाउनलोड गर्न सकिन्छ ः
कम्प्युटरमा हुनुपर्ने न्यूनतम
आवश्यकता ः
पान्डा क्लाउड एन्टी-भाइरस
निःशुल्क एन्टी-भाइरसहरूको सूचीमा पान्डा क्लाउड एन्टी-भाइरसले भर्खरै मात्र प्रवेश गरेको हो । बहुसङ्ख्यक निःशुल्क एन्टी-भाइरसहरू मालवेयरहरू पत्ता लगाउन 'सिग्नेचर अपडेट' मा निर्भर रहने गरेकोमा यसले सीधै पान्डा सर्वरमा रहेको पछिल्लो डाटालाई प्रयोगमा ल्याउँदछ । फलस्वरूप मालवेयर पत्ता लगाउने मामिला अन्य औसत एन्टी-भाइरसभन्दा यो केही कदम अगाडि नै छ ।
पान्डा क्लाउड एन्टी-भाइरस सशुल्क तथा निःशुल्क दुवै उपलब्ध छन् । यो सˆटवेयर इन्स्टल गरिसकेपछि सशुल्क वा निःशुल्क, यसले सोध्दछ । कम्पनीका अनुसार, यसले भाइरस, स्पाइवेयर, डायलर, हृयाकिङ टुल्स तथा अन्य सुरक्षा खतरा पत्ता लगाउँछ ।
यसले स्क्यानको सन्दर्भमा इन्टरनेट प्रयोग गर्ने हुँदा डाटाको गोपनीयता भङ्ग हुने सम्भावना रहेको औंल्याइन्छ ।
सˆटवेयर डाउनलोड गर्न सकिने ठेगाना ः
कम्प्युटरमा हुनुपर्ने न्यूनतम
आवश्यकता ः
यी निःशुल्क उपलब्ध केही एन्टी-भाइरस सˆटवेयर हुन् । व्यापारिक प्रयोजनमा उत्पादित एन्टी-भाइरस सˆटवेयरहरू पनि निश्चित अवधिका लागि ट्रायलका रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।
.jpg)

