अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची १६ जेठ
 सार्बजनिक निकायद्धारा लक्षित बर्गको लागि विनियोजित अनुदान खर्च पुनराबलोकन तथा समुदायको सम्लग्नता  कार्यक्रम सम्वन्धि जानकारी मुलक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।

    कार्यक्रमको  सहजिकरण  परियोजना अभ्यासकर्ता  सुरज सारुले गर्नु भएको थियो । विश्व बैकको सहयोगमा नेपालमा मासामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सार्वजनिक निकायद्धारा लक्षित वर्गलाई विनियोजित अनुदान खर्च पुनरावलोकन तथा समुदायको संलग्नता अध्ययन परियोजना कार्यक्रम  अर्घाखाँची जिल्लाको धातिवाङ्ग र सिद्धारा गा वि  संचालन भएको छ ।

  कार्यक्रममा एनेकपा माओवादीका जिल्ला सचिव ठाकुर कुमार विक नेपाली कांग्रेस जिल्ला सभापति कमल भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी घिमिरे  राजमोका केन्द्रीय सदस्य सागर के।सी  ने क पा एकिकृतका यमुना भुसाल जि वि स अर्घाखाँचीका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल सिद्धारा गाविसका गाविस सचिव नारायण भटराई सस्थाका सल्लाहाकार विष्णु मुस्कान अध्यक्ष ईन्द्रमणि पौडेल तथा सस्थाका कर्मचारीहरु लगायत  पत्रकार हरुको सहभागिता रहेको थियो ।

कार्यक्रम लुम्बिनी सामाजिक बिकास केन्द्रको आयोजनामा सन्धिखर्कमा सम्पन्न भएको हो ।

Tags: ,