काठमाडौं, जेठ १७ (नागरिक)- कीर्तिपुर नगरपालिका-३ स्थित त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी डिपार्टमेन्ट भवन पछाडि रहेको खाली जग्गाको सेफ्टीट्याङकीभित्र आज बिहान एक जनाको शव फेला परेको छ।
दोलखा जिल्ला मावापौवा-२ घर भई हाल त्रिभुवन विश्वविद्यालयस्थित माईक्रो डिपार्ट नजिक क्वार्टरमा पाले काम गरी बस्ने प्रेमबहादुर लामाकी श्रीमती तथा सोही डिपार्टमेन्टमा करारमा काम गर्ने ३० वर्षीया कर्मा लामा आज बिहान ८ बजे शंकास्पद रुपमा मृत अवस्थामा फेला परेकी थिइन्।
अनुसन्धानका लागि प्रेमबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

.jpg)