अस्पताल अब गाउंमै बन्ने


माधव बेल्बासे
असार २, अर्घाखाँची

अर्घाखाँचीको वाङ्ला गाबिसको मथुराधाममा सञ्चालन गरिएको महायज्ञबाट उठेको रकमबाट यतिबेला धमाधम काम भैरहेको छ ।
देशका बिभिन्न ठाउँमा उठेका यस्ता रकम सदुपयोग नभएका गुनासा आईरहेका बेला यहाँ भने काम तिब्र गतिमा अगाडि बढिरहेको छ ।
सुबिधासम्पन्न अस्पताल र्निमाण, कृषि क्याम्पसको पुर्बाधार र बृद्राश्रमको ब्याबस्थापन गर्ने योजनाका साथ आयोजित यो यज्ञ गत २०६८ फाल्गुण २४देखि चैत्र १ सम्म संचालन भएको थियो । उक्त यज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष तथा गोपेश्रुर बृद्राश्रम पिठका सदस्य मुक्तिराम भन्डारीका अनुसार अस्पताल र्निमाणका लागि घडेरी खन्ने काम र नक्साङ्कन कार्य सम्पन्न भएको छ भने दातृ निकाय सँग समन्वय र्गने काम जारी छ । उक्त धाम भित्र खानेपानी र सरसफाइका लागि गठित खा। पा। आयोजना समितिका संयोजक समेत रहेका भण्डारीले मन्दिर परिसरमा खा।पा।ब्यबस्थित गर्न खा।पा।तथा सरसफाई डिभिजन अर्घाखाँचीको १२ लाख र कृषि विकास बैंक अर्घाखाँची शाखा बाट ३५ हजार बाट १० घन मिटरको टंकि धारा र स्नान गृह सहितको शौचालय र्निमाण कार्य जारी रहेको बताउनु भयो ।
यसका साथै कृषि क्याम्पस र्निमाणका लागि केरुङ्गा गाबिसले १५० रोपनि जग्गा प्रदान गरेको छ । रुक्त जग्गा सामुदायिक बनभित्र पर्ने भएकाले रजिष्ट्रेशन पास नगरी काम अगाडि बढाउन नसकिएको र सो काम प्रक्रियामा गएको छ । सो यज्ञबाट जम्मा नगद १ करोड ९५ लाख ७८ हजार २ सय ९२ । जिन्सी ८ लाख ८५ हजार ९ सय ५३ गरि १ करोड ४ लाख ६४ हजार २ सय ४५ उठेको थियो । जस मध्ये यज्ञ आयोजनामै २१ लाख ५३ हजार ३ सय ३० र्खच भएको थियो । बैङ्क मौज्दात ३२ लाख १६ हजार ३ सय ३० छ । १ करोड ४२ लाख ७४ हजार ३ सय ९४ दाताबाटै आउन बाँकी छ । उद्धेश्य अनुरुपका सम्पुर्ण काम पुरा गर्न सो रकम अपुग हुने भएकाले काठमाडौं बासी अर्घाखाँचीका नागरिकबाट एउटा सहयोग समिति गठन गरि गुरु योजनासहित र्अथ संकलन तिब्र बनाइएको बताईएको छ ।
Tags: ,