संविधानसभा ब्युताउन असम्भव :किरण

काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संविधानसभाको चुनाव गर्न वा संविधानसभा ब्युताउन असम्भव भएको भन्दै गोलमेच सभा मार्फत निकास खोज्नुपर्नेमा जोड दिएका छन । राष्ट्रिय स्वाधीनताका विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा किरणले युद्धकालमा भारतलाई चिठी लेखर्न प्रचण्ड र बाबुरामको भारतसंग आत्मसमर्पण गर्ने र भारत विरुद्ध सुरुङ्ग युद्धको घोषणा गर्ने चरित्र चिन्न नसकेर आफूले पनि कमजोरी गरेको बताए।भारतीय हस्तक्षेप बढेको भन्दै उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ता टिकाउन र कांग्रेस र एमाले  सत्तामा पुग्नकै लागि भारतको अघि लम्पसार परेको बताए।भारतको हितमा काम गरेर प्रधानमन्त्री डा. भट्टराईले ठूलो राष्ट्रघात गरेको र भट्टराईलाई भारतले कठपूतलीका रुपमा प्रयोग गरेको किरणले बताए ।लोकतन्त्रको ढोकाबाट छिरेर राष्ट्रिय स्वाधीनताविरुद्ध गम्भिर चलखेल भइरहेको दावी गर्दै बैद्यले अव सशक्त आन्दोलन गर्नुको विकल्प नभएको बताए । कार्यक्रममा उनले लोकतन्त्रको ढोकाबाट परेर राष्ट्रिय स्वाधिनताको पक्षमा गम्भीर अवरोध र आघात पुर्‍याउने काम भइरहेको बताए ।
Tags: , ,