श्रावण २७, अर्घाखाँची
युवा समाज, सन्धिखर्क सचिवालय समितिको पहिलो बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष बाबुराम भुसालको अध्यक्षतामा बसेको बैठकले यही भाद्र ३० गते शनिवार समितिको पूर्ण वैठक बस्ने निर्णय गरेको छ । साथै सोही वैठकमा विधानको मस्यौदा पेश गर्ने गरी सचिव हरिप्रसाद भुसालको संयोजकत्वमा बाबुराम भुसाल, अशोक भुसाल, गोविन्द भट्टराई र बाबुराम बेल्बासे सदस्य रहेको विधान मस्यौदा समितिको समेत गठन गरेको छ ।
साथै वैठकले यही २९ गते सोमबारका दिन सिद्धेश्वर शिवालय मन्दिरमा हुने कलशयात्रामा स्वयंसेवकको रुपमा परिचालित भई सहयोग गर्ने निर्णय समेत गरेको छ ।
बैठक बाबुराम भुसालको अध्यक्षता र हरिप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
.jpg)

