सन्धिखर्कमा युवाहरुको भेला सम्पन्न, युवा समाज सन्धिखर्कको गठन

हरिप्रसाद भुसाल
अर्घाखाँची/श्रावण २७

अर्घाखाँची जिल्लाको सन्धिखर्क तथा चुत्रावेसी आसपासका युवाहरुको भेला आज सन्धिखर्कको लदाम बँगैचामा सम्पन्न भएको छ । भेलाले ४३ सदस्यीय युवा समाज, सन्धिखर्कको गठन गरेको छ ।

भेलाले बाबुराम भुसालको अध्यक्षतामा कार्यसमितिको चयन गरेको हो । जसका अन्य पदाधिकारीहरुमा अशोक भुसाल उपाध्यक्ष, हरिप्रसाद भुसाल सचिव, बाबुराम बेलवासे सह–सचिव र खुम बहादुर कुँवर कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै भेलाले बाबुराम भुसालको नेतृत्वमा १३ सदस्यीय सचिवालय समिति र ताराबहादुर हिताङ्ग, नीरन रायमाझी, रामकुमार विष्ट, विकास श्रेष्ठ, राजकुमार खनाल र विष्णु परियारलाई सल्लाहकार सदस्य समेत चयन गरेको छ । भने तीन सल्लाहकार सदस्य पछि चयन गर्ने गरी रिक्त राखिएको जनाइएको छ ।

भेलापछि आज नै सन्धिखर्कमा सचिवालय समितिको पहिलो बैठक वस्न लागेको अध्यक्ष बाबुराम भुसालले अर्घाखाँची न्यूजलाई जानकारी दिएका छन् ।

Tags: ,