क्रान्तिकारीको भेला सम्पन्न अध्यक्षमा बन्जाडे



न्यूज संवाददाता
अर्घाखाँची असोज १३

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अर्घाखाँचीको पहिलो जिल्ला भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।

भेलाले जिल्ला सम्मेलन आयोजक समितिका संयोजक नरेन्द्र बन्जाडेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन समेत गरेको छ ।
निर्वाचित समितिका उपाध्यक्षमा पुष्पा भाट र बालकृष्ण भलामी, सचिवमा कुलराज बन्जाडे, सहसचिवमा मधु पाण्डे र कैलाश जि.सी., कोषाध्यक्षमा बाबुराम थापा लगायत रहेका छन् ।

भेलाको उद्घाटन शत्रमा मन्तव्य राख्दै प्रमुख अतिथी अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य गम बहादुर केसीले अपुरा मुद्धाहरुलाई बोकेर हिँडेका कारण आफुहरु नै सच्चा क्रान्तिकारी भएको दावी गरेका थिए । उनले क्रान्तिकारी आन्दोलनलाई थप गतिशिल बनाउनका लागि नयाँ कार्यक्रम ल्याउन लागिएको समेत जानकारी दिएका थिए ।

यसैगरी नेकपा माओवादीका जिल्ला इन्चार्ज भेषराज भुसालले “धेरै धन धेरै शिक्षा, थारै धन थोरै शिक्षा, छैन धन छैन शिक्षा हुन नहुने” भन्दै सवैले समान शिक्षा पाउनुपर्ने बताए । उनले बैज्ञानिक व्यवहारिक र जनवादी शिक्षाको लागि समेत जनवादी सरकार अनिवार्य हुने भएकाले त्यो बाटोमा हिड्न विद्यार्थीहरुलाई आग्रह समेत गरे । आफुहरु कुनैपनि हालतमा विचलित नहुने प्रष्ट पार्दै उनले दमनमा नउत्रन सरकारको ध्यानाकर्षण गरे उनले भने “ कृपया दमनको प्रयत्न नगरियोस्, एक चोटको बदला हामी दश चोट दिन्छौं । हामीले पनि यहाँ धुलो खेलाएर वसेका छैनौं ।”
Tags: ,