वाङ्गलामा एकैपटक १६ छात्रा बेहोस्


हरिप्रसाद भुसाल
असोज १४, अर्घाखाँची

अज्ञात रोगका कारण अर्घाखाँची जिल्लाको वाङ्गलामा रहेको जिवनोद्धार उ.मा.वि.मा  आज एकैपटक एक दर्जन वढि छात्रा विरामी भएका छन् ।

शुरुमा टाउको दुख्ने, ज्वोरो आउने, शरिर लुलो हुने अनि चिच्याउदै ढल्ने लक्षण बालिकाहरुमा देखिएको थियो । विहान १० वजेदेखी साढे १२ को चिमा कक्षा १०, ९ र कक्षा ६ का गरी १६ जना बालिका बेहोस भएको विद्यालयका शिक्षक तुल्सी पौडेलले जानकारी दिए ।

विरामी बालिकाहरु मध्ये केहीलाई स्थानीय क्लीनिक र केहीलाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गरिएको उनले जानकारी बताए । सन्धिखर्क ल्याइएकाहरुमा कक्षा १० मा पढ्ने अनिषा अधिकारी, सपना आचार्य, रञ्जु श्रेष्ठ, जालपा श्रेष्ठ, कक्षा ९ की संगिता पौडेल, र कक्षा ६ की प्रशंसा खनाल रहेका छन् । उनीहरुको अवस्था सामान्य भइसकेको छ ।

मास हिस्टेरियाका कारण यो समस्या आएको हुनसक्ने जिल्ला अस्पतालका डाक्टर निकास बुढाथोकीले बताए । उनले यो समस्या पटक पटक अन्य स्थानहरुमा पनि देखिने गरेकाले नआत्तिन आग्रह गरेका थिए ।

Tags: , ,