अन्जु, शुन्तली र धुर्मुसले तताए, अर्घाखाँची

- हरि प्रसाद नेपाली 
मंसिर ३०,अर्घाखा“ची/अर्घाखाची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शनिवार ठुलो सख्यामा मानव सागर उर्लियो । राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार हरुको सहभागितामा संचालित विविध सास्कृतिक महोत्सवमा सहभागि हुन जिल्लाको गाउ गाउ बाट ठुलो सख्यामा मानव सागर संन्धिखर्कमा आएको थियो  ।
देउराली डा“डा म्युजिक ईन्डष्ट्रिज प्रा.ली द्धारा संन्धिखर्कको शान्ती बगैचामा संचालित कार्यक्रममा चर्चित गायिका अन्जु पन्त ,कमल सौराग,हा“स्य कलाकार सिताराम कटेंल धुर्मुस,कुन्जना घिमिरे सुन्तली ले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
हा“स्य कलाकार धुर्मुस र सुन्तलीले नाटकका माध्यमबाट राजनितिक दलहरुको अर्कमण्यताका कारण शान्ती र संविधान धराप मा परेको, राष्ट्रियता अत्यन्तै कमजोर भएको र नेताहरु स्वार्थका पछाडी दौडिने काम गरेको भन्दै सरकार राजनितिक दलहरु र नेताहरु प्रति व्यङ्ग गर्दा हजारौ जनताले तालीको गडगडाहटले समर्थन गरेका थिए ।
कार्यक्रममा चर्चित गायिका अन्जु पन्तले बनमा फुल्यो फुल,जिन्दगी यो फुलै फुल हुदैन ,हितैको मायालाई लगायतका गितहरु गाएर सयौ दर्शकलाई नचाएकी थिईन ।
लोक गायक कमल सौरागले घुम्ति नरपानी ,दैलामुनी जौं लगायतका गितहरु गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । सौरागले हाम्रो अर्घाखा“ची भन्ने गित गाउदा बालक देखि वृद्ध सम्मका हजारौ दर्शकको मुहारमा खुसीका रेखाहरु दौडिएका थिए ।

हजारौ व्यक्तीले गितको भावप्रति समर्थन स्वरुप हुटिङ्ग समेत गरे ।कल्पना श्रीपालीले रोदी घरमा सगै नाचौला लगायतका गित गाएर दर्शकको मनछुने प्रयत्न गरेकी थिईन ।आफ्नै जिल्लामा आएर गित गाउदा पनि दर्शकहरुले हुटिङ्ग गर्दै ननाचेको उनको गुनासो थियो ।
कार्यक्रममा हजारौ दर्शक उपस्थित हुनुका साथै आयोजकले राम्रो व्यवस्थापन गर्न नसकेका कारण प्रहरीलाई भिड नियन्त्रण गर्न निक्कै गाह्रो भएको थियो ।कार्यक्रमको एक समारोहका बिच उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।
Tags: , , ,