अखिल छैठौं अर्घाखाँचीको सम्मेलन शुरु जनवादी शिक्षाको प्राप्तीको लागि सवै एक हुनुपर्छ : पोखरेल


हरिप्रसाद नेपाली
असोज १७, अर्घाखाँची
अनेरास्ववियु (छैठौ) अर्घाखाँचीको २० औं जिल्ला सम्मेलन आज सदरमुकाम सन्धिखर्कमा शुरु भएको छ ।
सन्धिखर्कको पाणिनी क्याम्पसमा सम्पन्न भएको उद्घाटन शत्रको छैठौंका केल्द्रीय उपाध्यक्ष विमल पोखरेलले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष पोखरेलले जनवादी शिक्षा प्राप्तीका लागि सवै विद्यार्थीहरु एक हुनुपर्नेमा जोड दिए । उनले आमुल परिवर्तनको लागि भन्दै जनयुद्ध सञ्चालन गरेको माओवादी नेतृत्वको सरकारले शैक्षिक क्षेत्रमा केही गर्न नसकेको बरु भ्रष्टाचार र अनियमिततामा प्रगति गरिरहेको आरोप लगाए । खुमबहादुर खड्काले भन्दा यही जिल्लाबाट मन्त्री भएका टोपबहादुर रायमाझीले बढि भ्रष्टाचार गरेकाले उनीहरुलाई पनि जेल हाल्नुपर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी. ले राज्यले शिक्षा क्षेत्रमा यथोतिच ध्यान दिन नसकेका कारण अझैपनि १२÷१३ लाख विद्यार्थी शिक्षा बाट वञ्चित भएको आरोप लगाए । माओवादी नेतृत्वको सरकार अधिनायकबादी बाटोमा अगाडी बढेको भन्दै नेता के.सी.ले चेक खोसिएको प्रकरण उल्लेख गर्दै कार्यकर्ताको मुखको गास खोस्ने समुह कहिलेपनि कम्युनिष्ट हुन नसक्ने दावी गरे । एक मधेश एक प्रदेश नेपालको लागि आबश्यक भएर भन्दा पनि तराईलाई भारतमा बुझाउनका लागि अगाडी सारीएको उनको दावी थियो ।
कार्यक्रममा मन्तव्य राख्दै राजमो बैकल्पिक केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला अध्यक्ष झविलाल थापाले नव सामन्तहरुलाई परास्त गर्नु नै विद्यार्थीहरुको अहिलेको प्रमुख कार्यभार हुनुपर्ने उल्लेख गरे । मन्तव्य कै क्रममा अखिल छैठौंका राप्ती लुम्विनी संयोजक देवेन्द्र कुँवरले नेपालको शिक्षा प्रणली व्यवहारिक भन्दा पनि बेरोजगारहरु उत्पादन गर्ने कारखाना भैरहेको बताए । उनले हिजो क्रान्तिकारी भाषण गर्नेहरुले सरकारमा पुगेपछि राष्ट्रघात बाहेक केही पनि गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सकुन्तला राना, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला अध्यक्ष बाबुराम पन्थी, पाणीनी क्याम्पसका प्राचार्य ज्ञानबहादुर क्षेत्री लगायतले पनि कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम अखिल छैठौंका जिल्ला अध्यक्ष कुलराज खनालको अध्यक्षता, जिल्ला कोषाध्यक्ष गोपाल प्रसाद भट्टराईको स्वागत मन्तव्य र जिल्ला सचिव ठाकुर पन्थीको सञ्चालनमा सम्पन्न भएको हो । सम्मेलनमा जिल्लाभरबाट प्रतिनिधीहरु सहभागी भएको आयोजकले जनाएको छ । सम्मेलन भोलीसम्म चल्ने जनाइएको छ ।
Tags: , ,