अर्घाखाँची जिल्लाको किमडाँडा गा.वि.स.को वडा नं. २ मा अहिले भिषण आगलागि भइरहेको छ । किमडाँडा गा.वि.स. वडा नं. २ को जंगलमा लागेको आगो निभाउने क्रम जारी रहेको छ । आगो लागेपछि स्थानीयवासीहरु सगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र चन्दननाथ गणबाट ठूलो संख्यामा नेपाली सेनाका जवानहरु त्यहाँ पुगी आगो निभाउन सहयोग गरिरहेका छन् । आगो नियन्त्रणमा आउनै लागेको जानकारी हामीलाई प्राप्त भएको छ । शनिवारको दिन गाउँबाट खोलामा नुहाउन जाने केटाकेटीहरुले अन्जानवस आगो लगाएको हुनसक्ने अनुमान गरिएपनि आगो लाग्नुको खास कारण प्राप्त हुन सकेको छैन । आगो गाउँमा पस्न नपाएका कारण अहिलेसम्म कुनै जनधनको क्षेती भएको छैन ।
.jpg)
