अर्घाखाँची जिल्लामा श्रीमदभागवत महायज्ञ शुरु

सुविधासम्पन्न टेलिमिडिसिन अस्पताल र कृषि क्याम्पस स्थापनाको लागि आर्थिक रकम जुटाउने उद्धेश्यले अर्घाखाँची जिल्लाको वाङ्गला गा.वि.स.को मथुरावेसीमा सप्ताहव्यापी श्रीमद्भागवत महायज्ञ शुरु भएको छ ।
महायज्ञको यही चैत २४ गते भव्य कार्यक्रमका विच शुभारम्भ गरिएको हो । महायज्ञमा वाचन शिरोमणी पण्डित नारायण पोखरेलले वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
Tags: ,