–हरि प्रसाद भुसाल
कुरा आजभन्दा करीव करीव एक डेढ महिना पहिलाको हो । अर्घाखाँची जिल्लाको मथुरावेसीमा सञ्चालन भएको श्रीमद्भागवत महायज्ञमा सहभागि वन्ने क्रममा अर्घाखाँची आएका बाम साहित्कार एवं इतिहाँसविद् मोदनाथ प्रश्रितसंगै एमाले अर्घाखाँचीले एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधीहरु तथा कार्यालय प्रमुख सहितका जिल्लाका बुद्धीजिवीहरुको ठूलो जमघट रहेको कार्यक्रममा संयोगले म पनि पुगेको थिएँ । बिहानै पार्वता जी (प्रेस चौतारी नेपाल, अर्घाखाँचीका अध्यक्ष) ले फोन गरेर उपस्थित हुन आग्रह गरेपछि म कार्यक्रममा सहभागि भएको थिएँ । नेपाल जातीय रुपमा संघीयतामा प्रवेश गर्ने सम्भावना बलियो बन्दै गर्दा जातीय संघीयता र जातपातको उत्पतीको सन्दर्भमा प्रश्रितले निकै मिठो ढङ्गले प्रस्तुतिकरण गर्नुभयो । करीव करीव दुई घण्टाको प्रश्रितको प्रंस्ततीकरणले नेपालमा हुर्कदै गरेको जातीय द्धन्द्धलाई समयमै रोक्न नसक्ने हो भने नेपालको अस्तित्व नै संकटमा पर्ने भएकाले जातीयताको लडाईलाई समयमै निस्तेज पार्नुपर्नेमा जोड दिएको थियो ।
प्रश्रितको कार्यक्रम सकाएर मिलन केन्द्रको ढोका बाहिर के निस्कदै थिएँ । जिल्लाको एक उग्र क्रान्तिकारी विश्लेषकको विश्लेषण मेरो कानमा प¥यो । करीव करीव दुई घण्टा प्रश्रितको प्रस्तुतिकरण श्रवण गरेको उक्त विश्लेषकले विश्लेषण ग¥यो “प्रश्रित राजावादी पो रहेछ ।” लामो समय अघिदेखी रचनात्मक हिसावले प्रश्रितसंग नजिकको सम्वन्ध राख्ने भएपनि प्रत्यक्ष रुपमा उहाँको प्रवचन पहिलोपटक सुन्ने अवसर प्राप्त गरेको म प्रश्रितको राजनीतिक गतिविधीका वारेमा एक प्रतिशत नै भएपनि विज्ञ छु भन्ने ठान्दछु । त्यसकारण होला जिल्लका उग्र क्रान्तिकारीहरुको विश्लेषणले मलाई आश्चर्य चकित तुल्यायो । सम्भवत आफुलाई नेपालको नम्वर एक क्रान्तिकारी ठान्ने उग्र क्रान्तिकारीसंग प्रश्रित राजावादी भएको विश्लेषण गर्नुको आधार माग गरें । अनि उसले भन्यो “पृथ्वीनारायण शाहले राम्रो काम गरेका थिए भन्ने यो राजावादी नै हो ।”
विचरा हुनपनि हो, राजा र राजसंस्थाको खैरो खन्नु नै सच्चा क्रान्तिकारी हो भन्ने पाठ जीवनभर घोकेका हाम्रा विश्लेषकहरुलाई “अन्य सन्दर्भमा जतिसुकै कुकृत्य गरेपनि राज्य एकीकरण गर्ने पृथ्विनारायण शाहको योगदानलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ” भन्ने शव्द पाच्य हुने कुरा पनि भएन । जहाँ प्रश्रितले भनेका थिए “कतिपय सन्दर्भमा पृथ्विनारायण शाहले देश र जनताविरोधी काम गरेकै भएपनि राज्य एकीकरणका सन्दर्भमा उनको भूमिकाको प्रशंसा गर्नैपर्छ । उनको व्यक्तिगत स्वार्थ पूर्तीकै लागि गरेको भएपनि राज्य एकीकरण गर्नु जायज थियो र जनपक्षिय थियो ।” त्यसकारण प्रश्रितको भनायृलाई सकारात्मक रुपमा बुभ्mनुपर्छ भन्ने मेरो आशय हो । अरुको दुखमा रमाउने र आफु बाहेक ्अरुलाई पैतलामा टाँसिएको धुलो बराबर पनि नमान्ने विश्लेषकलाई देश काल वाताबरण बुझेर विश्लेषण गर्न आग्रह गर्नु मेरो दायित्व सम्झन्छु ।
शायद टोप बहादुर रायमाझी एन.आइ.सी. वैङ्कको उद्घाटन गर्दै थिए । पत्रकारितामा सामान्य चाँसो राख्ने मान्छे भएको नाताले म पनि त्यहाँ सहभागि भएको थिएँ । एकजना जिल्लाका अर्का वरिष्ठ विश्लेषकले प्रतिक्रिया दिए “हरीलाई बधाई छ” अचम्म लाग्यो के को अवसरमा भनेर सोध्ने तयारी गर्दैथिएँ त्यो विश्लेषक हतार हतार गरी वोल्यो, “प्रश्रित पनि तेरो पार्टीमा आएछन् । तिमीहरुको पार्टी त ठुलो भैसकेछ ।” अचम्म लाग्यो । बाबा प्रश्रित अझैपनि एमालेमै छन् । यहाँ त तेरो पार्टीमा आयो भनेर पो विश्लेषण गरिन्छ त । अनि त्यो विश्लेषक फेरी वोल्यो “राजाले मान्छे त धेरै पो बनाइसक्यो ।” यो त्यही विश्लेषक हो जसले केही दिन अघि मलाई राजावादी होस भनेर झापार्नु झपारेको थियो । विचरा नेपाली टोपी लाउनेहरुलाई राजावादी देख्ने यस्ता विश्लेषकहरुसंग तर्क वितर्क गर्ने हैसियत त म राख्दिन तर पनि अनावश्यक कुराको खण्डन गर्नैपर्ने रहेछ । त्यसदिन आवेशमा उसले मलाई भनेको थियो । “तँ राजावादी होस्, जिल्लामा चलखेल गर्नका लागि तँलाई राजाले अर्घाखाँची पठाएको हो ।” मनमनै मन्थन गरेँ । टोपी लगाएको र केही विषयमा राजनीतिक पार्टीहरुको अनैतिक भूमिकाको आलोचना गरेकै कारण म राजावादी हुने की नेपालबाट समाप्त भइसकेको राजाको नाम पटकपटक उच्चारण गरेर उनीहरुलाई वलियो बनाउने राजावादी ? नेपालको राष्ट्रियताको प्रतिक टोपी लगाउँदा म राजावादी भएँ, ढाका टोपी लगाएकै आधारमा प्रश्रित राजावादी ?? जिल्लाका बरिष्ठ विश्लेषकको विश्लेषण सुन्दा मलाई विहान आँखा मिच्दै उठ्दा पनि खित्का छोडेर चिच्याई चिच्याई हाँस्न मन लाग्छ ।
मलाई थाहा छ, यो लेख पढ्दै गर्दा पनि मलाई झपार्न कोही कसैले जिव्रो उदाईरहेको छ होला । मन मनै काँडा उमारेको छ होला । प्राय जसो लेखहरुपछि हप्काई खानु मेरो वानी परिसकेको छ । मेरा लेखकै कारण केही अति प्रिय साथी तथा अभिभावकहरुसंग मेरो वोलचाल समेत वन्द भएको छ । त्यसकारण मलाई डर हप्काई संग भन्दा पनि बैचारिक प्रतिवाद संग हो । किनकी लेखका कारण मैले आजसम्म वैचारीक झापड खानुपरेकोे छैन । मलाई विश्वास छ यो लेख पढेपछि हरीलाई वैचारिक आलोचना गरिनेछ । अनि आफु विश्वको सवैभन्दा क्रान्तिकारी भएको दावी गर्नेहरुले पनि पुष्टि गर्नेछन् । टापी लगाउदैमा यो यो कारण राजावादी भईन्छ भनेर ।
सन्धिखर्क, अर्घाखाँची
मो. ९८५१०६२४०५
arghakhanchinews@yahoo.com

.jpg)