मोरङको सिजुवा ९ घर भएका पौडेलको घाँटी, अनुहार र टाउकोमा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको देखिएको छ । पौडेलको मोटरसाइकल शव नजिकै स्ट्यान्ड लगाएको अवस्थामा फेला परेको छ भने उहाँको जुत्ता फेला परेको छैन । शव भेटिएको स्थानबाट नजिकै हत्या गरी घिसारेर त्यहाँसम्म ल्याई फ्याँकेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
विगत १२ बर्षदेखि झापामा रहेर पत्रकारीता गदै आउनुभएका पौडेल राजधानी दैनिक र एभिन्यूज टेलिभिजन सम्वाददाता भएर काम गदै आउनुभएको थियो भने प्रेश युनियन झापाका पूर्ब सचिबका रुपमा काम गरिसक्नु भएको थियो ।
घटनाको पत्रकार महासंघले भत्सना गरेको छ । महासंघका अध्यक्ष शिब गाउँलेले घटना अत्यन्त निन्दा जनक भएको भन्दै छानविन गर्न मिडिया मिसन टोली झापा जाने बताउनुभयो । त्यस्तै पत्रकार महासंघ झापाको बैठकमा पनि घटनका बारेमा निर्णय लिन बैठक बसिरहेको छ । त्यस्तै नेपाल प्रेश युनियनका महासचिब शिब लम्सालले विज्ञप्ती जारी गरी घटनाको छानविन गर्नसरकार समक्ष माग गर्नुभएको छ ।
यसैबिच हत्याका बारेमा अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ । घटना लगत्तै सेकुवा कर्नरका सञ्चालक कामदार सहित युवा व्यवसायी युवराज गिरी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्यको खोजिकार्य जारी रहेको जनाएको छ ।
मृतक पौडेलका श्रीमती, एक छोरा र एक छोरी रहनुभएको छ ।
.jpg)
