एनेकपा माओवादी वैद्य समूहले दाङबाट समानान्तर जिल्ला कमिटी गठन सुरु गरेको छ । दाङमा वैद्य पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको छ । माओवादी सभासद इन्दजित थारुको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको हो । जिल्ला इन्चार्ज बनाइएका सभासद थारु यसअघिको कमिटीमा जिल्ला सह–इञ्चार्ज थिए । माओवादीका जिल्ला इन्चार्ज निर्मल आचार्य छन् । आचार्य अहिले ऊर्जामन्त्री पोेष्टबादुर बोगटीका स्वकीय सचिवसमेत रहेका छन् । समितिको सह–इन्चार्जमा वर्तमान सेक्रेटरी सुवास पुन छन् । समितिको सेक्रेटरीमा बलबहादुर वली शीतल छन् । उनी दाङ क्षेत्र नं. ५ का इन्चार्ज हुन । समितिले संस्थापन पक्षले क्रान्तिकारी धार बिर्सेकाले त्यसलाई कार्यान्वयन गर्न समिति गठन गरेको सह–इन्चार्ज पुनले बताए ।
उनले संस्थापन पक्षले नीति निर्माण पारित गर्दा वैद्यको क्रान्तिकारी नीति कार्यक्रम पारित गर्ने र लागू गर्दा आफ्नै नीति कार्यक्रम गर्ने भएकाले त्यसको विरोधमा समानान्तर समिति गठन गरिएको पुनले बताए । उनका अनुसार संस्थापन पक्षको जिल्ला नेतृत्वले गर्ने सबै काम यो समानान्तर समितिले पनि गर्नेछ ।
वैद्य पक्षको गोप्य भेलाले सरकार र पार्टी संस्थापनविरुद्ध आन्दोलन घोषणा गरेको एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधरले गाउँ–गाउँमा ‘हस्ताक्षर’ अभियान चलाउने भएको छ । शान्ति, सविधान, राष्ट्रियता, सरकार र जनजीविकाको पक्षमा सरकारले काम गर्न नसकेका भनेर दबाब दिने ‘हस्तारक्षर’ अभियान चलाउन लागेको जनाएको छ । ब्यानरबिना नै दाङको जिल्ला सदरमुकाम घोराहीमा गरेको वैद्य पक्षधरको प्रशिक्षण भेलाले ‘जन’ संविधान निर्माणको पक्षमा दबाब दिन वैशाख महिनाभरि नै गाउँ–गाउँमा गएर हस्ताक्षर चलाउने घोषणा गरेको हो ।
प्रशिक्षणमा स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्द र पोलिट्ब्युरो सदस्य कुलबहादुर केसी थिए ।
.jpg)
