हरि प्रसाद भुसाल
चैत २४, अर्घाखाँची
एकीकृत नेकपा माओवादीको क्रान्तिकारी विचार समुहले आज अर्घाखाँची जिल्लामा कोण सभा तथा असमान सन्धी सम्झौता जलाउने कार्यक्रम सम्पन्न गरेको छ ।
सरकारको राजीनामाको माग गर्दै आएको समुहको केन्द्रीय कार्यक्रम अन्तरगत सम्पन्न भएको कार्यक्रम अर्घाखाँची जिल्लामा यो समुहको पहिलो कार्यक्रम हो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी मगराँत राज्य समिति सदस्य बाबुराम घिमिरेले असमान सन्धी सम्झौता गर्दै आएका कारण बाध्य भएर राष्ट्रियताको रक्षाको लागि यो सरकारको राजिनामा मागिएको बताए । उनले ०७ साल, ३६ साल र ०४६ सालमा जस्तै ०६२÷०६३ को आन्दोलन र दशवर्षिय जनयुद्ध समेत सम्झौतामा टुङ्गिएकाले आन्दोलनको निरन्तरता औल्याए । “विगतमा जस्तो नेपाली जनता ठगिने सम्भवना प्रवल वन्दै गएका कारण आन्दोलन अनिवार्य छ ।” घिमिरेले भने “हामी दश वर्षिय जनयुद्ध र ऐतिहाँसिक जनआन्दोलनका उपलव्धिहरुलाई गुम्न दिनेवाला छैनौं ।”
कार्यक्रममा विप्पा लगायतका विभिन्न समयमा भएका असमान सन्धी सम्झौताहरु जलाइएको थियो ।
.jpg)
