ओलम्पिकको झण्डा सगरमाथामा

२४ चैत, काठमाण्डौ ।
 लण्डनमा चार महिना पछि हुने ओलम्पिक खेलकुदको हिस्सेदार नेपाल पनि हुने भएको छ । प्रतियोगिताको उद्घाटनको सिलसिलामा विश्वको सर्वोच्च शिखर सगरमाथामा ओलम्पिकको झण्डा फहराउने कार्यक्रम तय भएको छ । झण्डा फहराउने जिम्मा नेपालका पर्वतारोही फुर्वा शेर्पाले पाएका छन ।

१९ पटकसम्म सगरमाथको आरोहण गरिसकेका शेर्पा ओलम्पिकको झण्डा फहराउनका लागि आगामी मे मा सगरमाथा चढ्दैछन । ओलम्पिकलाई नयाँ ढंगले सञ्चालन गर्नका लागि ओलम्पिकको झण्डा सगरमाथमा फहराउने तयारी गरेको लण्डन ओलम्पिककी प्रमुख मिडिया अफिसर शुसानक्राउने भनेको खबर आजको नागरिकले छापेको छ ।

क्राउनका अनुसार सगरमाथामा ठूलो र सानो गरि ओलम्पिकका २ ओटा झण्डा राखिने  छ । सानो झण्डा सगरमाथा मै राखिने र ठूलो झण्डालाई लण्डनमा लगेर कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
Tags: ,