एक मधेश एक प्रदेशमा पुर्नःविचार गर्न सकिन्छ : मन्त्री यादब


२८ चैत, काठमाण्डौ । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले एक मधेश प्रदेशको विकल्प रहेको बताउनुभएको छ । यादबले शान्ति र संविधानका लागि समग्र मधेश एक प्रदेशका बारेमा पुर्नःविचार गर्न आफूहरु तयार रहेको बताउनुभयो । मंगलबार विहान राजधानीमा आयोजित साक्षात्कारमा फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष समेत रहनुभएका यादबले जस्तो सुकै त्याग गरेर भएपनि जेठ १४ भित्रमा संघियता सहितको संविधान जारी गर्ने दाबी गर्नुभयो ।
काँग्रेस र एमालेलाई छाति खुल्ला बनाएर बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आउन पनि आग्रह गर्नुभयो । बाबुराम नेतृत्वकै समयमा लडाकु समायोजन सहित शान्ति र संविधान निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको उल्लेल गदै मन्त्री यादबले सहमितय सरकारको बाधक नबन्न एमाले र काँग्रेसलाई आग्रह समेत गर्नुभयो । सरकारमा सहभागि बन्न दुबै शीर्ष दल आए आफु तत्काल पदबाट हट्ने पनि उहाँको भनाई थियो ।
सञ्चार क्षेत्रमा क्रान्ति गरेर मुलुकको आर्थिक क्रान्ति गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै मन्त्री यादवले पत्रकारहरुको समस्याको पहिचान गरी समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उहाँले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गरेर पत्रकारका समस्या समाधान गर्ने पनि स्पष्ट पार्नुभयो । नेपाल टेलिकमको मोबाईलको नेटवर्किङमा देखिएको समस्या समाधान गर्दै त्यसलाई आर्थिक रुपमा सम्पन्न गर्ने बताउँदै मन्त्री यादबल अब सञ्चारमन्त्रालय मातहतमा रहेका सरकारी सस्थानलाई नाफा उन्मुख बनाउने काम गर्छु भन्नुभयो ।
Tags: , ,