|
| – रश्मी अर्याल, नयाँ बानेश्वर |
| महिलाका नाममा अधिकारका कुरा गर्ने, आत्मसम्मान र आरक्षणका कुरा गर्ने, तर ती सबै नारालाई दुरुपयोग गर्दै अर्कै कुरामा फाइदा उठाउने गर्दारहेछन्, कोहीकोहीले त । ‘राष्ट्रको प्रतिनिधित्व’ का नाममा आफ्नो मज्जा र भड्किलो चाहना पूरा गराउने पंक्तिका केही महिलामा पर्छिन् ओमदेवी मल्ल जोशी । बानेश्वरमा रिलायबल बचत तथा ऋण सहकारी संस्था खोलेकी र राष्ट्रिय सहकारी संघको सदस्य रहेकी ओमदेवीका रुप अनेकन छन् । शाहीकालमा राजाको कदमकी सक्रिय समर्थक थिइन् र अहिले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग लपक्कै छिन् । उनको माइत गोरखा हो, तर नारायणकाजीलाई उनले जनमोर्चा छँदासम्म चिनेकी थिइनन् । जब नारायणकाजी माओवादी प्रवेशयता राजनीतिक बृत्तमा छाए, अनिमात्र ओमदेवीको आँखा उनीमा लागेको हो । उनको यो रुपबारे अलिक पछि चर्चा गरौंला । उनले विदेशमा देखाएका लाजमर्दा रुप अर्कै छन् । राष्ट्रिय सहकारी संघको सदस्यका हैसियतले उनले केही समयअघि श्रीलंकाको एक कार्यक्रममा भाग लिइन् । त्यही सिलसिलामा त्यहाँ पाथी नाम गरेका एकजना श्रीलंकनसँग निकट सम्बन्ध राखिन् । यतिसम्मकि ओमदेवीलाई भेट्न पाथी काठमाडौं आउने र पाथीलाई भेट्न ओमदेवी श्रीलंका पुग्नेसम्मका काम हुने गरेका छन् । पहिला पहिला होटलतिर बस्ने गरेका पाथी पछिल्लो समय काठमाडौं आएको बेला अन्यत्र बस्न मान्दैनन् । ओमदेवीकै घरमा बस्न रुचाउँछन् । सुनाकोठीमा उनको आलिशान महल छ र एकजना सोझा श्रीमान् पनि छन् । पाथीलाई सहकारीको अन्तर्राष्ट्रिय तहको नेता भनी श्रीमान्लाई चिनाएकी छन् । तर, पाथी भने श्रीलंकाको कोअपरेटिभ युनियनका सामान्य कर्मचारी हुन् । ओमदेवीले नै पाथीलाई राष्ट्रपति डा.रामवरण यादवसँग भेट गराएकी छन् । श्रीलंका पुगेको अर्को एक नेपाली टोलीसँग पाथीले खुलेरै भनेका छन् कि, ओमदेवी देशकै सबभन्दा अग्रणी महिला हुन्, किनकि उनले चाहँदा राष्ट्रपतिसँग ‘यूँ’ भेट हुन्छ । यसरी ओमदेवीको मुक्तकण्ठले प्रशंसा गर्ने पाथीले ओमदेवी कस्ती महिला हुन् भन्ने कुरा जान्नका लागि इजरायलको एक कार्यक्रममा पुग्नुप¥यो र नसोचेको रुप देख्नुप¥यो । केही समयअघि जेनेभामा अन्तर्राष्ट्रिय सहकारी महासंघको साधारणसभामा भाग लिन नेपालबाट आठ जना सहभागी गएका थिए । श्रीलंकाबाट अरु नै सहभागी थिए । तर, ओमदेवीको आग्रहमा आफ्नै खर्च व्यहोरेर पाथी पनि पुगे । साधारणसभाको एक दिनसामूहिक कक्टेलको आयोजना गरिएको थियो । ओमदेवीले पनि पिउनुपर्ने कुरा पिइन् । स्वभाविक हो, पिएपछि त्यसको असरले केही अस्वभाविक बनाउने नै भयो । त्यही पार्टीमा सहभागी एकजना इजरायलीतिर ओमदेवीको नजर परिरहेको थियो । अरु बेला राम्रोसँग बोल्ने, आफ्नो कुरा भन्ने र भनेको कुरा पनि सुन्ने ओमदेवी इजरायलमा त्यसरी एकाएक अर्कै ढंगले अर्कै पुरुषसँग व्यस्त भएको देख्दा पाथीले अचम्म माने । पाथीले सोचे, ‘आफ्नो देशमा राष्ट्रपतिदेखि परराष्ट्रमन्त्रीसम्मलाई चाहनेबित्तिकै भेट्ने हैसियतकी महिला यति व्यस्त हुनु स्वभाविकै हो ।’ पार्टी सकिने बेलासम्म ओमदेवीलाई केही बढी नै लागेजस्तो पाथीले बुझे । आराम गर्नलाई आफ्नो कोठासम्म पुग्न मुस्किल पर्ला भनेर पाथीले उनलाई ताने । तर, पाथीले जसरी नै ती इजरायलीले पनि उनलाई ताने । त्यो तानातानको चर्तिकला त्यहाँ उपस्थित सबैले देखे । यस्तो तानातानमा जितचाहिँ इजरायलीकै भयो । सहभागी एक नेपाली भन्दै थिए, लंकाको रावणले नेपालकी सीता हरण गर्न सफल भए पनि त्यसबेला नेपालमा इजरायली पुग्ने भए सीता अपहरणमा परेर लंका हैन, इजरायल नै पुग्ने रहिछन् । यो घटनापछि पाथीसँग उनको नियमित सम्पर्कमा केही कमी आएको सहकारी व्यवसायी बताउँछन् । यता, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहकारीसँग सम्बन्धित कुनै काम लिएर उनीकहाँ जानेलाई सोध्ने गर्दछन्, ‘ओमदेवीलाई चिन्नुहुन्छ ?’ गत मंसिर २४ को एक कार्यक्रममा सहभागी हुन ओमदेवीलाई अमेरिका जानुपरेको थियो । उनले केही मान्छेसँग भनेकी थिइन्, ‘अमेरिकाको भिसा जाबो कुनै ठूलो कुरा हैन ।’ हुन पनि उनले नारायणकाजीकै बल प्रयोग गरेर एकै दिनमा मल्टिपल भिसा हात पारिन् । पूर्वराजा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्नुअघिबाटै शाही शासनको समर्थनमा एक सामाजिक संस्था दर्ता गरी विभिन्न कार्यक्रम गर्ने ओमदेवीले त्यसैबेला एकजना पुरुषलाई पीडित बनाइन् । उनी पैसा लिएर विभिन्न व्यक्तिको सम्मानको धन्दामा थिइन् । उनका पार्टनर महेश कुँवर नामक युवक थिए । सामाखुशीतिर घर भएका अविवाहित महेशलाई ओमदेवीले एउटा मोटरसाइकल पनि किनिदिएकी थिइन् । त्यो मोटरसाइकलमा महेश दौडधुप गर्थे, सम्मान कार्यक्रमका नाममा पैसा उठाउँथे र ओमदेवीलाई बुझाउँथे । तर, शाही शासन ढल्यो । राजाको नाममा गरिखाने मेलो पनि बन्द भयो । यसपछि महेशको साथ चाहिएन । र, महेशलाई पन्छाइन् । अरु सबै हिसाबले महेश पन्छिए । तर, मोटरसाइकल फर्काएनन् । पछि ओमदेवीले महेशविरुद्ध गुन्डा लगाएर मोटरसाइकल फिर्ता लगिन् । |
.jpg)
