बीरेन्द्रनगर, चैत २४ – सुर्खेतको बिजौरा ७ मा श्रीमतिले श्रीमानको हत्या गरेकी छन् । एक महिना हराएका भनिएका २१ बर्षिय उत्तमराज देवकोटालाई आफनै श्रीमति अमृताले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उत्तमका ठुलो वुवाको छोरा देवर नाता पर्ने नवराज देवकोटासँग मिलेर श्रीमानको हत्या गरेको अमृताले स्वीकार गरेको प्रहरीले बताएको छ । फागुन २३ गते उत्तम घरवाट एकाएक हराएपछि उहाँका वुवा बिजयरामले चैत्र १४ गते खोजतलास गरी पाउ भनि प्रहरीलाई निवेदन दिनुभएको थियो ।
उत्तमको खोजतलासको लागि डिएसपी आनन्दप्रसाद मराठाको कमाण्डमा गएको प्रहरी टोलीले अमृतासँग सोधपुछ गर्दा हत्या गरेको रहस्य खुलेको सुर्खेतका प्रहरी प्रमेख एसपी गोबिन्दराम परियारले बताउनु भयो ।
हत्यामा संलग्न श्रीमति अमृता, देवर नमराज, नवराजकी बहिनी कमला देवकोटा र भैया भन्ने व्यक्तिलाई प्रक्राउ गरी गरी कर्तव्य ज्यान मुद्दामा चलाएको पनि उहाले बताउनु भयो ।
अमृताले श्रीमानको घाटीमा डोरीले कसी हत्या गरिसकेपछि खाटमुनी लुकाएर राती घर नजिकैको पाखोवारीमा शव गाडेको बयान दिएकी छन ।.jpg)
