अर्घाखाँचि सेवा समाज कतारले गर्यो आर्थिक सहयोग

तस्विरमाः निर्मला रायमाझिले घाईते बालिकाका बावु चन्द्र बहादुर पुनलाई अर्घाखाँचि सेवा समाज कतारको पहलमा उठेको सहयोग रकम हस्तांक्षण गर्दैः
गत केहिदिन पहिले प्युठानकि 6 वर्षिय बालिका बिमला पुन घर नजिकै रहेको डर लाग्दो भिरबाट लडेर गम्भिर घाईते भएकि बालिकालाई अर्घाखाँचि सेवा समाज कतारले बिस हजार सत्तरी 22070रुपैया आर्थिक सहयोग गरेको छ। गरीव परीवारमा जन्मेकि बिमला घर आर्थिक अवश्था अत्यन्तै नाजुक रहेको कारण उपचार गराउन कठिनाई परेको थियो। घर नजिकै दोजरले मोटोरबाटो खन्दै गरेको हेर्न साथिहरु सँग दौडिदै जादा भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेको थियो। अहिले बिमलालाई ठिक हुदै गएको र अब उनलाई आर्थिक सहयोग पुगेको उनका बाबु चन्द्र बहादुर पुनले बताए।
Tags: , , ,