काठमाडौ, वैशाख १७ -
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष २०६८–०६९
को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरूको जिल्ला भ्रमणमा एक करोड ३२
लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
सो कार्यालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा सबैभन्दा बढी जिल्ला भ्रमण खर्च स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले गरेका छन् । उनले २०६८ फागुन ४ गतेसम्ममा रु. ६ लाख दुई हजार ५८० बुझेका छन् ।
मन्त्रिपरिषद्का सदस्यहरूले जिल्ला भ्रमणमा जाँदा दैनिक भ्रमण भत्ता, होटल बास खर्च र भ्रमण खर्च लिने गरेको कार्यालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद्का ४६ मन्त्रीले यस्तो भ्रमणभत्ता लिएका छन् ।

.jpg)