३० चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति र राष्ट्रिय स्वाधिनताको कुरा गर्ने बैद्य पक्षले भारतीय गुप्तचर संस्थाका ‘रअ’का अधिकारीलाई दिनदिनै भेट्ने गरेको आरोप लगाउनु भएको छ ।
ललितपुरको बालकुमारीमा बिहीबार मजदुर कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले कूटनीतिक भेटवार्ता गरेकै आधारमा आफूहरुलाई भारत परस्त भन्ने बैद्य पक्षले ‘रअ’का अधिकारीदेखि कमल थापा र ज्ञानेन्द्रसम्मलाई भेट्ने गरेको आरोप लगाउनु भयो ।
‘एकातिर क्रान्ति र राष्ट्रिय स्वाधिनताको कुरा गर्ने, अर्कोतिर ज्ञानेन्द्र र रअका मन्छेहरुसित दिनदिन भेट्ने भेट्ने ?’- प्रचण्डले भन्नुभयो । कार्यकर्तामाझ बैद्य पक्षविरुद्ध आक्रोसित रुपमा प्रस्तुत हुनु भएका उपाध्यक्ष मोहन बैद्य किरण, महासचिव रामबहादुर थापा बादल र सचिव सीपी गजुरेलका कमजोरीको एक एक गरि पोल खोल्नुभएको थियो ।
१० वर्ष जनयुद्धमा बैद्यले ५ वर्षमात्र काम गरेको प्रचण्डले बताउनुभयो । ‘उहाँले विरामी भनेर साढे २ वर्ष त विदा नै लिनुभयो, त्यति नै समय जेलमा पर्नुभयो । प्रचण्डको भनाई थियो- जनयुद्धमा उहाँको योगदान ५ वर्ष मात्र हो ।’
महासचिव रामबहादुर थापा बादल र पम्फा भुसालको यौन काण्डप्रति संकेत गर्दै प्रचण्डले भन्नुभयो- बादलजीको कुरा त सवैलाई थाहा छ, मलाई पनि धेरै कुरा थाहा छ ।’ वैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डप्रति धेरै खनिने नेता सीपी गजुरेलमाथि पनि उहाँले प्रहार गर्नुभयो ।

.jpg)